मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
ध्रुव बीसी
२०७५ पौष ५ बिहीबार १५:४५:००
Read Time : < 1 मिनेट
प्रदेश

अछाममा छाउबार्ने जनप्रतिनिधि र कर्मचारीले तलव नपाउने 

Read Time : < 1 मिनेट
ध्रुव बीसी
२०७५ पौष ५ बिहीबार १५:४५:००

अछामको कमलबजार नगरपालिकाले छाउबार्ने जप्रतिनिधि र कर्मचारीको तलव रोक्का गर्ने भएको छ । 

‘छाउ बार्ने जनप्रतिनिधि र कर्मचारीको तलव रोक्ने योजनामा छौ,’ नगर उप–प्रमुख भुमिसरा ढकालले भनिन्,‘सफल भइन्छ वा भइन्न त्यो हेर्न बाँकी छ । वडादेखि नगरपालिका सम्मकाका सबै जनप्रतिनिधि र कर्मचारीको घरमा निरीक्षण गरी छाउ बारेको पाइएमा कारवाही गरिने उनले बताइन् । 

कानुनले समेत अपराध ठानेको छाउ बार्ने चलन पदमा रहेका र निती निर्माणमा संलग्न व्यक्तिले नै अंगाली रहेकाले त्यसको अन्त्यका लागि अब कडा रुपमा प्रस्तुत हुने तयारी भइरहेको उनले बताइन् ।

बुधवार सदरमुकाम मंगलसेनमा पुनसंरचना नेपालले आयोजना गरेको एक छलफलमा सहभागि जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाका उप–प्रमुख र उपाध्यक्षले पनि छाउबार्ने चलन अन्त्यका लागि भाषण, छलफल र गोष्ठी गरेर मात्र उपलव्धी नहुने भन्दै कानुनले तोके बमोजिम कडा रुपमा प्रस्तुत हुनुपर्ने बताए । 

पूर्व मन्त्री हिसिला यमीको उपस्थितीमा छाउ प्रथा बारे भावि रणनितिका लागि छलफलमा सहभागि भएका जनप्रतिनिधिहरुले प्रत्येक वडा तहमा पुगेर सुझाव संकलनगरी योजना निर्माण गर्नुपर्ने निश्कर्ष निकालेका छन् । छलफलमा अन्य सरोकारवालाहरुसँगै अगुवा महिलाहरुको पनि उपस्थिती रहेको थियो ।