मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज ३ आइतबार १८:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनमोर्चाका प्रदेश र जिल्ला अध्यक्षसहित दैलेखका नेता–कार्यकर्ता एमालेमा प्रवेश

Read Time : < 1 मिनेट
२०७८ असोज ३ आइतबार १८:४०:००

राष्ट्रिय जनमोर्चा प्रदेश र जिल्ला अध्यक्षसहित दैलेखका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले काठमाडौंमा दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरेका छन् । 

कर्णाली प्रदेशका अध्यक्ष भरतबहादुर शाही, दैलेख जिल्ला अध्यक्ष अमरबहादुर नेपालीसहित नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन्  । जिल्ला कमिटीले निर्णय नै गरेर वडा तहसम्मका नेता एमालेमा प्रवेश गरेको नेपालीले बताए । 

एमाले प्रवेश गर्नेमा मसालका राष्ट्रिय परिषद् सदस्य पूर्णबहादुर शाही,  राष्ट्रिय जनमोर्चाका जिल्ला समिति दैलेखका उपाध्यक्ष झवीराज खत्री, सचिव सुरतबहादुर रावत रहेका छन् । 

जिल्ला कमिटी सदस्यहरू नवीन जैसी, थानेश्वर जैसी, नवीनकुमार शाहीसहितका नेता तथा कार्यकर्ताहरूले काठमाडौंमा कार्यक्रम गरेर एमालेमा प्रवेश गरेको एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले जानकारी दिए । 

राष्ट्रिय जनमोर्चा दैलेखका उपाध्यक्ष झबिराज खत्रीले जनमोर्चाको जिल्ला समितिको निर्णयअनुसार एमालेसँग पार्टी एकता गर्ने निर्णय भएको बताए । वडा तहसम्मको कमिटीका साथीहरू उचित व्यवस्थापनअनुसार एमालेमा प्रवेश गरेको उनले बताए । 

समग्र कम्युनिस्ट आन्दोलनलाई तहसनहस गर्ने, राष्ट्र राष्ट्रियतालाई कमजोर बनाउने काम भएका वेलामा कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता देखिएपछि जिल्लाका तल्ला तहका कमिटीसम्मलाई एमालेमा समायोजन गरिएको उनले बताए ।