Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ३ आइतबार १४:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक गतिरोध अन्त्य गर्न न्यायपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको छ : प्रधानन्यायाधीश जबरा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ३ आइतबार १४:३४:००

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक गतिरोध अन्त्य गर्न न्यायपालिकाले महत्त्वपूर्ण भूमिका  निर्वाह गरिरहेको बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्। 

शुभकामना सन्देशमा संविधानसभाबाट जारी संविधानले सबै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने एवं सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्य लिएको उल्लेख छ।

प्रधानन्यायाधीश जबराको सन्देशमा संविधानले न्यायपालिकालाई संविधान, कानुन र न्यायका मान्य सिद्धान्तका आधारमा नागरिकका हकअधिकारको संरक्षण तथा संघीयतामा आधारित लोकतान्त्रिक शासन पद्धति एवं विधिको शासनलाई व्यवहारमा रूपान्तरण गर्ने गहन दायित्व सुम्पेको उल्लेख छ।

‘संविधान, संविधानवाद एवं संवैधानिक मूल्य–मान्यतालाई आत्मबोध गर्दै संवैधानिक जिम्मेवारी तथा नागरिकप्रतिको उत्तरदायित्वको भावनाका साथ न्याय निरुपणको माध्यमबाट संवैधानिक गतिरोधको अन्त्यका लागि न्यायपालिकाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ,’ शुभकामना सन्देशमा भनिएको छ। 

प्रधानन्यायाधीश जबराले संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको मर्म एवं भावनाअनुरूप संविधानको कार्यान्वयनका लागि न्यायपालिका सदैव क्रियाशील रहने विश्वास व्यक्त गरेका छन्।