मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ३ आइतबार ०६:५६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लर्ड बुद्ध एजुकेसन फाउन्डेसन २४ वर्षमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ३ आइतबार ०६:५६:००

लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ क्याम्पस) २४औँ वर्षमा प्रवेश गरेको छ । हाल मलेसियाको एसियन प्यासिफिक युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरी सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातक र स्नाकोत्तर तहको अध्यापन गराइरहेको कलेज काठमाडौंको मैतीदेवीमा छ । संस्थाले २४औँ वर्ष प्रवेशको अवसरमा अध्यक्ष पंकज जालानले संस्थाको नयाँ लोगो अनावरण गरेका छन् । 

साथै, संस्थापक स्व. परमानन्द केजरिवालको स्मृतिमा संस्थाबाट पाँचजना विद्यार्थीका लागि स्नाकोत्तर तहमा शतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने गरी ‘फाउन्डेसन छात्रवृत्ति’ को घोषणासमेत गरिएको छ ।

संस्थाका प्रमुख सल्लाकार महेन्द्रसिंह राजपुतले उक्त अवसरमा संस्थाले प्रविधि तथा व्यवस्थापन विषयमा विगतमा करिब १० हजार विद्यार्थीलाई दीक्षित गरिसकेको उल्लेख गर्दै भावी दिनमा पनि यो सेवा निरन्तर रहने जानकारी दिए ।