मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज ३ आइतबार ०६:५१:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अध्यक्ष कपको उपाधि  जुफाल युवा क्लबलाई

Read Time : < 1 मिनेट
२०७८ असोज ३ आइतबार ०६:५१:००

ठुलीभेरी नगरपालिका–८ ले आयोजना गरेका जिल्लास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको कप जुफाल युवा क्लबले हात पारेको छ । भाद्र पूर्णिमाको अवसरमा २८ भदौदेखि सुरु भएको प्रतियोगितामा १३ समूह सहभागी थिए । त्यसमध्ये १२ टिमलाई पछि पार्दै जुफाल युवा क्लबले एक लाख १५ हजार पाँच सय ५५ रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र हात पारेको हो ।

शनिबार सम्पन्न फाइनल खेलमा सूर्यमुखी युवा क्लब ल्हाँलाई हराउँदै जुफाल विजेता बनेको हो । यसैगरी, सूर्यमुखी युवा क्लबले दोस्रो पुरस्कारसहित ७५ हजार पाँच सय ५५ नगद, ट्रफीसहित प्रमाणपत्र हात पारेको छ । तृतीय पुरस्कार मुड्केचुला युवा क्लबले हात पारेको छ । मुड्केचुलाले ५१ हजार पाँच सय ५५ नगद, ट्रफी र प्रमाणपत्रसहित तृतीय पुरस्कार हात पारेको हो ।

खेलमा सहभागी सबै बाँकी दशवटै समूहलाई सहभागी जनाएबापत नगद तीन हजार पाँच सय र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक मनराम ठकुल्लाले बताए । उत्कृष्ट खेलाडीको रूपमा जुफाल युवा क्लबका सुवास शाही र अनुशासित खेलाडीको रूपमा चन्द्रप्र्रसाद डाँगीलाई ५५ सय ५५ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको ठकुल्लाले जानकारी दिए ।