मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असोज ३ आइतबार ०६:३३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

उपमेयर कप फुटबलमा  हुम्लाका महिला पनि सहभागी हुने

Read Time : < 1 मिनेट
२०७८ असोज ३ आइतबार ०६:३३:००

 उपमेयर कप फुटबल प्रतियोगितामा हुम्लाका महिलाले पनि सहभागिता जनाउने भएका छन् । ४ कात्तिक ०७८ मा काठमाडौंमा सुरु हुने उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुन हुम्लाका महिला अहिले प्रशिक्षण लिइरहेका छन् । हुम्लाबाट उपमेयर कपमा महिलाले पहिलोपटक सहभागिता जनाउन लागेका हुन् ।

हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावतका अनुसार सिमकोट गाउँपालिकाका महिला अहिले प्रशिक्षणमा छन् । सिमकोटस्थित खेलमैदानमा २३ जना महिलाले प्रशिक्षण लिइरहेको उनको भनाइ छ ।

जिल्लाका अन्य गाउँपालिकाले खेल क्षेत्रमा चासो नदिएको अध्यक्ष रावतले बताए । उनले भने, ‘खेलमैदान पनि राम्रो छैन, खेलाडीलाई प्रशिक्षण दिन पनि कठिन छ ।