१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २ शनिबार १६:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनेरुद्र धनलक्ष्मी स्वास्थ्यउपचार कोषको कार्यसमिति निर्विरोध चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २ शनिबार १६:०२:००

अनेरुद्र धनलक्ष्मी स्वास्थ्यउपचार कोषको कार्यसमिति निर्विरोध चयन भएको छ । संस्थापक अध्यक्ष पुण्यप्रसाद गौतमको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

संस्थाको उपाध्यक्षमा जीवनाथ गौतम, सचिवमा गणेशकुमार गौतम, कोषाध्यक्षमा घनश्याम गौतम सर्वसम्मत चयन भएका छन् । सदस्यहरूमा प्रेम गौतम, मणिराज गौतम, विपना भण्डारी, सन्ध्या घिमिरे र किरण गौतम चयन भएका छन् । 

शिवप्रसाद गौतमको अध्यक्षतामा ऋण व्यवस्थापन समिति पनि गठन गरिएको छ । समितिको सदस्यमा राजकुमार गौतम र सदस्यसचिवमा कृष्णप्रसाद गौतम चयन भएका छन् ।

यस्तै, लेखापरीक्षण समितिको संयोजकमा पुष्कर तिमल्सिना चयन भएका छन् । सदस्यमा इन्दिरा त्रिपाठी र सदस्यसचिवमा केशव गौतम सर्वसम्मत चयन भएका छन् ।

स्व. अनेरुद्र गौतम र धनलक्ष्मी गौतमको नाममा स्थापित कोषले स्वास्थ्यउपचारमा सहयोग गर्दै आएको छ ।