Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज २ शनिबार ११:३४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

यी देश जहाँ कोभिड महामारी भएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज २ शनिबार ११:३४:००

विश्वव्यापी कोरोना महामारीमा पनि केही देश सुरक्षित रहे । चीनको छिमेक उत्तर कोरियामा कोरोना महामारीको असर देखिएको छैन । दुई करोड ५८ लाख जनसंख्या भएको उत्तर कोरियाको दक्षिणी क्षेत्रमा गत वर्ष जुलाईमा एउटा शंकास्पद केस देखिएको थियो । तर, त्यो कोरोना नभएको पुष्टि भयो । उत्तर कोरियाले तत्कालै सीमा बन्द गरेको थियो । प्रवेश गर्ने विदेशी वा स्वदेशी नागरिकलाई एकदेखि दुई महिना अनिवार्य क्वारेन्टिनमा बस्ने नियम लागू गरेकाे थियो ।

मध्य एसियाको तुर्कमेनिस्तानमा पनि कोरोना महामारी देखिएन । ६० लाख ३१ हजार जनसंख्या रहेको यो देशको सीमा काजकस्तान, उज्वेकिस्तान, ताजकिस्तान, इरान र अफगानिस्तानसँग जोडिएको छ । कोरोनाको महामारी सुरु हुनासाथ यो मुलुकले चीनसँग सबै उडान बन्द गरेको थियो । उसले छिमेकी मुलुकसँग सीमा पनि तत्कालै बन्द गरेको थियो । 

टोंगा ओसनियामा पनि कोरोना भाइरसको महामारी देखिएको छैन । फिजीमा कोरोना भाइरसको केस देखिनासाथ टोंगाले विदेशीका लागि सीमा बन्द गरेको थियो । टोंगाले अन्तर्राष्ट्रिय उडानमा पनि ६० जनाको संख्यामा सीमित गरेको थियो । होटेलमा समेत प्रहरी परिचालन गरेर कडा क्वारेन्टिनको नियम लागू गरेको थियो । त्यहाँ आठवटा शंकास्पद केस भेटिए पनि सबै नेगेटिभ देखिए । 

टुभालु भन्ने अर्को मुलुक पनि कोरोना महामारीमुक्त रह्यो । जम्मा ११ हजार सात सय जनसंख्या भएको यो मुलुकमा प्रतिवर्ष दुई सयभन्दा कम पर्यटक जाने गर्दछन् । नौरु नामक अर्को देशमा पनि कोरोना महामारी देखिएन । जम्मा १० हजार आठ सय जनसंख्या भएको यो मुलुक एकै दिन घुम्न सकिन्छ । यो देश विदेशी नगण्य जाने ठाउँ हो ।