मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अमेरिकी सेनाले गरेको ड्रोन हमलापछिको दृश्य। तस्बिर : बिबिसी
एजेन्सी वासिङ्टन
२०७८ असोज २ शनिबार ११:२०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काबुल ड्रोन हमलामा सर्वसाधारण मारिएको अमेरिकाको स्वीकार

Read Time : < 1 मिनेट
एजेन्सी वासिङ्टन
२०७८ असोज २ शनिबार ११:२०:००

काबुलमा अमेरिकी सेनाको चरमपन्थीलक्षित हमलामा सर्वसाधारणको ज्यान गएको अमेरिकाले स्वीकार गरेको छ। अमेरिकी सेनाले अफगानिस्तान छाड्नु केही दिनअघि गरेको हमलामा १० सर्वसाधारण मारिएका उसले स्वीकार गरेको हो ।

हमलामा एक सहायताकर्मी र उनका परिवारका नौ सदस्य मारिएका युएस सेन्ट्रल कमान्डलाई उदृत गर्दै बिबिसी हिन्दीले जनाएको छ। मारिनेमध्ये सातजना बालबालिका रहेका छन्, जसमा अधिकांश दुई वर्षका रहेका बताइएको छ।

सेन्ट्रल कमान्डका जनरल केनेथ मेकेन्जीका अनुसार अमेरिकी खुफिया विभागले सहायताकर्मीको कारलाई आठ घन्टा ट्रयाक गरेका थिए। उनी चरमपन्थी समूह इस्लामिक स्टेटको स्थानीय संगठन आइएस–केसँग सम्बन्धित रहेको आशंकामा अमेरिकी सेनाले आक्रमण गरेको बताइएको छ।

जनरल मेकेन्जीका अनुसार निगरानीका क्रममा आइएस–केसँग सम्बन्धित कम्पाउन्डमा देखिएको सो कारमा केही मानिसले कुनै सामान राखिरहेका देखिएको थियो। विस्फोटक  पदार्थ राखिएको आशंकामा हमला गरिए पनि सो सामान पानीको कन्टेनर रहेको पुष्टि भएको समाचारमा बताइएको छ ।

अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि काबुल विमानस्थलमा आतंकवादी हमला भएको थियो। हमलापछि अगस्ट २९ मा अमेरिकी सेनाले ड्रोन हमला गरेको थियो, जुन हमलामा यसअघि अमेरिकाले चरमपन्थी मारिएको दाबी गर्दै आएको थियो ।