मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ असोज १ शुक्रबार १९:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेटमणि चौधरीको नेतृत्वमा समाजवादीले बनायो लुम्बिनी प्रदेश कमिटी

Read Time : < 1 मिनेट
२०७८ असोज १ शुक्रबार १९:३३:००

नेकपा एकीकृत समाजवादीको बुटवलमा सम्पन्न बैठकले मेटमणि चौधरीको नेतृत्वमा लुम्बिनी प्रदेश कमिटी बनाएको छ । प्रदेश कमिटीको प्रथम बैठकले दाङका चौधरी अध्यक्ष, रुपन्देहीका राजु गुरुङ सचिव, जिल्ला अध्यक्षहरू सदस्य रहने गरी प्रदेश कमिटी बनाएको सचिव राजु गुरुङले जानकारी दिए ।

उनका अनुसार कमिटीलाई आगामी केन्द्रीय कमिटीको बैठक र प्रदेश भेलापछि पूर्णता दिइनेछ । भेलाले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा भेला र बैठकहरू गर्ने निर्णय गरेको छ । बैठकमा लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षहरूले जिल्लाको संगठनको अवस्थाबारे ब्रिफिङ गरेको उनले बताए ।