१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असोज १ शुक्रबार १८:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेमा जनगणनाका लागि सुपरिवेक्षक गाउँगाउँमा

Read Time : < 1 मिनेट
२०७८ असोज १ शुक्रबार १८:०९:००

राष्ट्रिय जनगणना २०७८ का लागि तथ्याङ्क संकलन गर्न सुपरिवेक्षकहरू गाउँगाउँमा खटिएका छन् । जनगणनाको पहिलो चरणमा घरपरिवार सूचीकरण फारम भर्नको लागि सुपरिवेक्षकहरू गाउँगाउँमा खटिएका हुन् ।

जिल्ला जनगणना कार्यालय काभ्रेका प्रमुख तथा गणना अधिकारी दीपक कोइरालाका अनुसार भदौ ३० गतेबाटै सुपरिवेक्षकहरू स्थानीय तहहरूमा परिचालन भइसकेका छन् । जिल्लामा १२८ सुपरिवेक्षकलाई पहिलोपटक पाँच दिन र दोस्रोपटक दुई दिनको तालिम दिएर कार्यक्षेत्रमा खटाइएको हो । उनीहरूले असोज १८ गतेसम्ममा फारम भरिसक्नुपर्ने बताइएको छ ।

जिल्लामा ६ वटा जनगणना केन्द्र स्थापना गरिएका छन् । जिल्ला जनगणना कार्यालय चैत्रमै स्थापना भएको र स्थानीय गणना कार्यालय भदौ ६ गते स्थापना भएको हो । स्थानीय पालिकाका कर्मचारीलाई स्थानीय गाणना अधिकारीको रूपमा परिचालन गरिएको कोइरालाले बताए ।

गणकको नतिजा सार्वजनिक भइनसकेकाले जिल्लामा गणकहरू भने खटिएका छैनन् । काभ्रेमा ४६६ गणक खटाउने तयारी गरिएको छ । गणकहरू कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गाउँ–गाउँमा परिचालन हुनेछन् ।