१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपक अधिकारी काठमाडाैं
२०७८ असोज १ शुक्रबार १३:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

३, ४ र ११ नम्बर स्तम्भ हेलिकाेप्टरबाट अध्ययन गर्दै सीमा अध्ययन समिति

Read Time : < 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
२०७८ असोज १ शुक्रबार १३:२४:००

सरकारले गठन गरेको सीमा अध्ययन समितिको टोलीले हुम्लामा पर्ने ३, ४ र ११ नम्बरको सीमास्तम्भ हेलिकाेप्टरबाट अध्ययन गर्ने भएको छ। नाम्खा गाउँपालिका– ६ लिमिलाप्चा १२ नम्बरको सीमास्तम्भ अध्ययन गरी ३, ४ र ११ नम्बरको सीमास्तम्भ अध्ययन गर्न नेपाली सेनाको हेलिकाेप्टर हिल्सातर्फ उडेको हो।

नाम्खा गाउँपालिका– ५ स्थित पाँच हजार एक सय २५ मिटरको उचाइ चिम्ला भञ्ज्याङको ३ नम्बर सीमास्तम्भ, पाँच हजार दुई सय ५० मिटर उचाइमा रहेको नुमुचे टुप्पाको ४ नम्बर सीमास्तम्भ र पाँच हजार दुई सय मिटर उचाइ टाकुलेको ११ नम्बर सीमास्तम्भ अध्ययन गर्न लागिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा रहेको टोली आजै सुर्खेत फर्किने प्रजिअ आचार्यले बताए।

सीमास्तम्भको अध्ययन गर्न अध्ययन समितिको टोली गत भदौ २७ गते लाप्चा गएको थियो। टोलीमा नापी विभागदेखि अन्य सम्बन्धित क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्। सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खा गाउँपालिका नेपाली भूभाग अतिक्रमण भए–नभएको सम्बन्धमा टोली स्थलगत अध्ययनमा खटाएको छ ।