१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ३० बुधबार १७:०४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

१,७६० जना कोरोना संक्रमित थपिए, १,२२० जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ३० बुधबार १७:०४:००

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो अध्यावधिक विवरणअनुसार पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा नयाँ संक्रमितको संख्या थपिएको हो । 

दुवै विधिबाट १६ हजार ८ सय ४४ जनामा परीक्षण भएको थियो । पछिल्लो तथ्यांकअनुसार २४ घण्टामा उपत्यकामा ४ सय ९५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार २ सय २० जना संक्रमित निको भएका छन् । २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।