१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ भदौ २९ मंगलबार १७:५७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले घट्यो सेयर बजार, लगानीकर्ता पर्ख र हेरको अवस्थामा 

Read Time : < 1 मिनेट
२०७८ भदौ २९ मंगलबार १७:५७:००

लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । बजार अस्थिर हुँदा पर्ख र हेरको अवस्थामा रहेको एक लगानीकर्ताले बताए । 

मंगलबार नेप्से सूचक १८.५४ अंकले घटेर दुई हजार नौ सय २९.२८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक बनेका छन् । निर्जीवन बिमा, विकास बैंकका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । 

राष्ट्रिय बिमा कम्पनी, नागरिक म्युउचल फन्ड, बिमा कम्पनी, अजोड इन्स्योरेन्स, एनआरएन इन्प्mास्ट्रक्चर डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत् कम्पनी, न्याग्दी ग्रुप पावर, सानिमा जनलर इन्स्योरेन्स, हिमाल दोलखा पावर, वेस्ट फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरैले घट्दा लगानीकर्ता निराश बनेका छन् । 

दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार 
दुई कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । मनकामना स्मार्ट लघुुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो । रैराङ हाइड्रोपावर, एनआइबिएल समृद्ध फन्ड, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट, सिँगटी हाइड्रो इनर्जी, मेरो माइक्रो फाइनान्स वित्तीय संस्था, गुडविल फाइनान्स, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । 

कारोबार रकम पाँच अर्बमा सीमित
मंगलबार कारोबार रकममा भारी गिरावट आएको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २२ कम्पनीको एक करोड ६ लाख कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको २७ करोड रुपैयाँको कारोबार हुँदा रैराङ हाइड्रोपावर कम्पनीको २२ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ । 

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको २२ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी एसिया बैंकको १५ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ ।