१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २८ सोमबार १८:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्युत् प्राधिकरण ठूलो तगारो बन्यो : इन्टरनेट सेवा प्रदायक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २८ सोमबार १८:४६:००

इन्टरनेट सेवा प्रदायकहरूले सस्तो र गुणस्तरीय इन्टरनेट सेवा प्रवाहमा नेपाल विद्युत् प्राधिकरण तगारो बनेको आरोप लगाएका छन् । प्राधिकरणले पोल तथा ओपिजिडब्लू भाडादर अचाक्ली बढाएको आरोप उनीहरूको छ । 

पुनरावलोकन समितिको प्रतिवेदनअनुसार बढाएको भाडा घटाएर लिनुपर्नेमा प्राधिकरणले नमानेको इन्टरनेट सेवा प्रदायकहरूको भनाइ छ । राजधानीमा सोमबार आयोजित छलफल कार्यक्रममा वर्ल्डलिंक, सुविसुलगायत नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले डिजिटल नेपालको नारा दिने सरकारले व्यवहारमा ठीक उल्टो गरेको जिकिर गरे । 

भाडादर पुनरावलोकन नभए उपभोक्तालाई मार पर्ने भन्दै उनीहरूले आफूहरू त्यस्तो पक्षमा नभएको बताए । समस्या समाधानका लागि विभिन्न चरणमा छलफल चलिरहेका वेला इन्टरनेट मर्मत, विस्तार कार्यमा रोक लगाउने, गैरकानुनी ढंगले दूरसंचार उपकरण लुटेर लैजाने, इन्टरनेट सेवा प्रदायकका तार काट्नेलगायतका गतिविधि भइरहेको उनीहरूको आरोप छ । चितवनको भरतपुरमा मात्रै एक करोडभन्दा बढी मूल्यका उपकरण गैरकानुनी ढंगले लुट्ने काम भएको उनीहरूको आरोप छ । 

उनीहरूले सेवा प्रवाह गर्न हम्मेहम्मे परेको र इन्टरनेट सेवा अवरुद्ध हुने स्थितिमा पुगेको समेत बताएका छन् ।