देश/परदेश
अलिकति अनौठो लाग्ने डिसम्यान्टलिङ ग्लोबल हिन्दुत्व (वैश्विक हिन्दुत्वको चिरफार) शीर्षकको अनलाइन सम्मेलनलाई लिएर सामाजिक सञ्जाल एवं मूलधारका मिडियामा निकै ऊर्जा र भावना छताछुल्ल भएको देख्न सकिन्छ । विभिन्न विद्वान्ले गरेझैँ यस सम्मेलनका आयोजकले पनि हिन्दू र हिन्दुत्वको भिन्नता खुलाएका छन् । यद्यपि आयोजकमाथि लागेको ‘हिन्दूद्वेष’को आरोपले हिन्दू र हिन्दुत्वबीचको भिन्नतालाई ओझेलमा पारिदिएको छ । यसो हुनुको कारण ज्योतिर्मय शर्माले सन् २००३ मै आफ्नो पुस्तकमा उल्लेख गरेझैँ ‘हिन्दुत्व हिन्दू धर्मकै एक वर्चस्वशाली अभिव्यक्ति हो’ ।
स्मरण रहोस्, उनको अभिव्यक्ति नरेन्द्र मोदीको सरकार आउनुअघिको हो । तसर्थ, हिन्दुत्व विश्व दृष्टिकोण मान्नेहरूलाई हिन्दुत्व हिन्दू धर्मको एक वर्चस्वशाली अभिव्यक्ति मात्र नभई एक मात्र वैधानिक अभिव्यक्ति पनि हो । थुप्रै साधु, जोगीलगायतले हिन्दुत्व मान्ने भएकाले हिन्दुत्वमा नअटाउने वा हिन्दुत्वका आलोचक धर्मत्यागी हुन् भन्ने भाष्यलाई थप मलजल भइरहेको छ ।
हिन्दुत्वले दशकौँदेखि राज्यको प्रोत्साहन मात्रै पाएको छैन, राज्य सत्ताकै बलमा हाल भइरहेको सम्मेलनमा सहभागी आलोचक एवं विद्वान्लाई जोखिममा पनि परेका छन् । यही कारणले थुप्रै भारतीय विद्वान् सम्मेलनको आयोजक हुनबाट पछि हटेका छन् र केही विश्वविद्यालयका विभागले गरेको सह–प्रायोजनलाई पनि फिर्ता गरेका छन् । मेरै जानकारीमा पनि वासिंगटनमा दिल्लीको दबाबमा एक वरिष्ठ कूटनीतिज्ञले त्यहाँस्थित भारत अध्ययन हुने एक सम्भ्रान्त (आइभी लिग) विश्वविद्यालयमा दबाब दिइएको थियो ।
केही वक्तालाई इन्टरनेटमा ट्रोलिङ मात्रै गरिएन, बलात्कार एवं हत्याका जघन्य धम्की पनि दिइए । ‘उत्तर अमेरिका’मा भइरहेको अनलाइन सम्मेलनका वक्तामाथि भएको धम्की एवं गालीगलोजले दुई कुरा देखाउँछ । अर्थात् गालीगलोज गर्नेहरू उत्तर अमेरिकामा बस्दैनन् वा अमेरिकालाई नै ‘मातृभूमि’ अंगीकार गरेकाहरू ‘पितृभूमि’ले सम्भावित कानुनी कारबाहीबाट जोगाउँछ भन्नेमा ढुक्क छन् ।
सम्मेलनका एक आलोचकले थोरबहुत बेइमानीपूर्वक ‘यस्ता सम्मेलन किन भारतमा नभई उत्तर अमेरिकामा हुने गरेको छ’ भनेर प्रश्न गरेका थिए । यद्यपि ती आलोचक ‘सम्मेलन अनलाइन एवं भर्चुअल भएको स्विकार्छन्’ साँच्ची भन्ने हो भने अन्य विकल्प बाँकी राखिएका छैनन् । उसो त हिन्दुत्वमाथि गरिएको आलोचना सम्बन्धित कार्यक्रम भारतमै भौतिक उपस्थितिमा गर्ने प्रयास नभएको होइन । गर्ने भनिएको सम्मेलनका वक्ता रहेका कुनै पनि विदेशी विद्वान्लाई भिसा दिइएन । प्रहरीले शान्ति–सुरक्षाको बहानामा कार्यक्रम नरोकेकै भए पनि कुनै पनि सरकारी विश्वविद्यालयले सम्मेलनलाई स्थान दिँदैनथे र निजी विश्वविद्यालयसँग यस्ता सम्मेलन गराउने हुती देखिँदैन । यसै सन्दर्भमा अघिल्लो वर्ष विदेश मन्त्रालयले भारतमा हुने अनलाइन सम्मेलनमा विदेशी वक्तालाई रोक लगाउने प्रयास गरेको थियो ।
प्रहरीले शान्ति–सुरक्षाको बहानामा ‘वैश्विक हिन्दुत्वको चिरफार’ कार्यक्रम नरोकेकै भए पनि सरकारी विश्वविद्यालयले सम्मेलनलाई स्थान दिँदैनथे र निजी विश्वविद्यालयसँग यस्ता सम्मेलन गराउने शक्ति थिएन
‘हिन्दुत्वको आलोचना अमेरिकामा किन ?’ भन्ने मुख्य प्रश्नको उत्तर खासै असहज छैन । अमेरिकामा भएको यस सम्मेलनले प्राज्ञिक एवं राजनीतिक संकथनमा मोदी सरकारको बन्देजको प्रदेशीय विकल्प मात्रै हो । भारतका विश्वविद्यालयमा नपुगेर अब संघ परिवार (राष्ट्रिय स्वयंसेवक संघ) ले विदेशी विश्विद्यालयमा के छलफल हुने वा नहुने निर्धारण गर्न खोजिरहेका छन् । विडम्बना क्रुद्ध हिन्दुत्व कार्यकर्ताले ज्योतिर्मय शर्माले इंगित गरेका हिन्दुत्वका ६ गुणको पुष्टि गरिरहेका छन् ।
पहिलो रहेको छ, हिन्दू धर्मलाई एक कठोर, लिपिबद्ध एवं एक ईश्वरवादी धर्मका रूपमा परिवर्तन गर्नु, जहाँ विचार, अभ्यास, अनुष्ठान, आचार एवं व्यक्तिगत छनोटलाई कुण्ठित गर्ने काम हुन्छ । दोस्रो गुणका रूपमा हिन्दुत्वलाई पुरुषत्व, आक्रामक एवं हिंसात्मक धर्मका रूपमा प्रस्तुत गर्ने काम । हिन्दु धर्म सबैभन्दा प्राचीन, सबैभन्दा उत्कृष्ट एवं सबैभन्दा विकसित आस्था हो भन्ने दाबी तेस्रो गुण रहेको छ ।

चौथो गुणले हिन्दू धर्मलाई तथाकथित हिन्दूद्वेषीको खतरामा रहेको देखाउने व्यापक प्रयास हो । यस प्रयासका लागि विभिन्न षड्यन्त्रका सिद्धान्त एवं राष्ट्रलाई नै हिन्दू धर्म वा हिन्दू धर्मको अंश देखाउने काम गरिन्छ । वेदमै आधुनिक जीवन, विज्ञान एवं प्रविधिलगायत विषयका सबै उत्तर रहेको छ भनेर देखाउने प्रयासलाई पाँचौँ गुण रहेको छ भने । शर्मा गालीगलोज एवं अपमानजनक भाषालाई वैधता दिनु हिन्दुत्वको आदर्श एवं छैटाँै गुण रहेको औँल्याउँछन् ।
शर्माले इंगित गरेका गुण सामाजिक सञ्जालमा अत्यधिक मात्रामा देख्न सकिन्छ र त्योभन्दा पनि टेलिभिजन कार्यक्रममा भाजपा एवं राष्ट्रिय स्वयं सेवक संघका नेता, कार्यक्रम अतिथि एवं उद्घोषकसमेतमा देख्न सुन्न पाइन्छ । शर्माको विश्लेषणले दार्शनिक पाटोमा ध्यान दिन्छ, तथापि राजनीतिक हिन्दुत्वले हिन्दू मात्रै विशुद्ध भारतीय हुन्, अन्य पूर्ण रूपमा भारतीय होइनन् भन्ने हिन्दू सर्वोच्चतावादी भाष्यलाई बुझ्न खासै कठिन छैन ।
अपूरो भारतीय त्यति मात्रै अधिकारको अभ्यास गर्न पाउनेछन्, जति ‘हिन्दू राष्ट्र’ भारतलाई ठीक लाग्नेछ । यही, वैचारिकीले भारतमा भइरहेको मुसलमान, किसान वा मजदुरमाथिको अत्याचारलाई पुष्टि गर्छ । यसैकारण भारत वा भारतबाहिर यो वैचारिकीमाथि हिन्दुत्वका ठेकेदारले बहस गराउन निषेध गर्ने प्रयास गर्छन् ।
द वायरबाट (वर्दराजन द वायरका संस्थापक सम्पादकमध्ये एक हुन्)