मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ २८ सोमबार ०८:०९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने 

Read Time : < 1 मिनेट
२०७८ भदौ २८ सोमबार ०८:०९:००

कोरोना संक्रमण दर घटेको भन्दै दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने भएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्का अनुसार स्मार्ट लकडाउन कार्यविधिको मातहतमा रही स्थानीय तहले विद्यालय खोल्न पाउने निर्णय गरेको हो ।

स्थानीय तहले कोभिड–१९ संकट व्यबस्थापन केन्द्रसंग समन्वय गरेर विद्यालय खोल्न पाउने निर्णय भएको कुरुम्बाङ्ले बताए । सोमबारदेखि घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिले विद्यालय खोल्ने निर्णय गरेका छन् । शान्तिनगर गाउँपालिकाले भने यसअघि नै विद्यालय खोलिसकेको छ । तुलसीपुर उपमहानगरपालिकाले विद्यालय खोले पनि बस सेवा सञ्चालन नगर्ने निर्णय गरेको छ । 

घोराही उपमहानगरपालिकाले भने बस सेवासमेत सञ्चालन गर्न दिने भएको छ ।