मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार १४:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपा स्थायी समिति सदस्य भन्छन् - ‘सरकारलाई चारैतिरबाट आक्रमण भयो, रणनीतिक आधार तयार पार्नुपर्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार १४:५०:००

नेकपा स्थायी समिति बैठकमा सरकारलाई चारैतिरबाट आक्रमण भएको भन्दै प्रतिरक्षाका लागि रणनीतिक आधार तयार पार्नुपर्ने आवाज उठेको छ ।


पार्टी कार्यालय धुमबराहीमा बिहीबार बसेको नेकपाको स्थानीय समिति बैठकमा सरकारले गरेका राम्रा कामहरु ओझेलमा परेको र चौतर्फी आक्रमण हुने गरेकाले  सरकारको बचाउ गर्न रणनिति नै बनाएर अघि बढ्नुपर्ने आवाज उठेको हो । ४ नम्बर प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले दुई तिहाईलाई बचाई राख्न तथा सरकारको प्रतिरक्षाका लागि बलियो नीति, संरचना र योजना तर्जुमा गर्नुपर्ने विषयमा छलफल केन्द्रीत भएको बताए । 


त्यसकालाई पार्टीले सहभागीतात्मक निर्णयलाई प्राथमिकतामा राख्न सदस्यहरुले नेतृत्वलाई सुझाव दिएको उनले जानकारी दिए । उनले बाहिर आएजस्तो विमतिका विषय पार्टी भित्र नभएको दाबी गरे ।
स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टीको निर्णयमा गुटउपगुट भन्दा सबैको सहभागीतालाई प्राथमिकतामा राख्नुपर्ने बारेमा छलफल भएको जानकारी दिए । उनले सरकारको विकल्प नभएको दाबी गर्दै यसको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गरे ।


बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृत बोहरा, पम्फा भुसाल, लिलामणी पोख्रेल, चक्रपाणी खनाल, मात्रिका यादव, विष्णु रिमालले अध्यक्षको प्रतिवेदनमाथि धारणा राखेका छन् । अर्को बैठक शुक्रबार बिहान ८ बजेका लागि बोलाईएको छ ।