मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २५ शुक्रबार १५:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला, मास्कविना प्रवेश गर्न नपाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २५ शुक्रबार १५:४४:००

कोरोना संक्रमणका कारण लामो समय भक्तजनलाई निषेध गरिएको पशुपतिनाथ मन्दिरभित्र शुक्रबार बिहानदेखि भक्तजनलाई प्रवेश दिइएको छ। कोरोना संक्रमण बढेपछि वैशाख १० गतेदेखि मन्दिर बन्द गरिएको थियो। करिब चार महिना बन्द रहेको मन्दिरमा भक्तजनलाई प्रवेश दिनुअधि बिहीबार क्षमापूजा गरिएको थियो।
 
दिउँसो १ बजेसम्म मन्दिरको मूल ढोका खुला रहने कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। उनका अनुसार साँझ ५ बजेपछि पूजाआजाका लागि मन्दिरको ढोका खोलिनेछ।

तिजको दिन अत्यधिक भिडभाड हुने भएपछि बिहीबार मन्दिरको बाहिरबाट दर्शन गर्ने व्यवस्था मिलाइएको थियो। अन्य दिन भक्तजनको त्यति भिडभाड नहुने भएकोले बिहान ६ बजेदेखि मन्दिरको ढोका खुला गरिएको छ। मन्दिरमा भिडभाड देखिएमा भक्तजनलाई गेटमा होल्ड गरिने बताइएको छ।

शनिबार र सोमबार भिडभाड हुने भएकाले लामबद्ध रूपमा दूरी कायम गरी दर्शन गर्न पशुपति क्षेत्र विकास कोषले अनुरोध गरेको छ। त्यस्तै, पशुपतिनाथ क्षेत्रमा अवस्थित गुह्वेश्वरीलगायतका मन्दिरहरू पनि खुला गरिएको छ। भक्तजनलाई मास्कविना मन्दिरमा प्रवेश दिइनेछैन।