मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार १४:५०:००
Read Time : < 1 मिनेट
खेलकुद

भैरहवा इपीएलको फाइनलमा , काठमाडौं ६ विकेटले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ५ बिहीबार १४:५०:००

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बिहीबार भएको एलिमिनेटरको खेलमा भैरहवा ग्याडियटर्सले काठमाडौं किंग्स इलाभेनलाई ६ विकेटले पराजित  गरेको छ ।  काठमाडौंले दिएको एक सय एक रनको लक्ष्य भैरहवाले ४ विकेटको क्षतिमा १७.४ ओभरमा पुरा गरेको हो ।

काठमाडौंले दिएको एक सय एक रनको समान्य लक्ष्य पछ्याउने क्रममा भैरहवाका लागि रायन टेन्डेकाटेले सर्वाधिक ४५ रनको योगदान गरे भने इन्दर सिंहले ३१ रन बनाए । काठमाडौंका लागि साम्सद शेखले २ विकेट र पौल शाहले १ विकेट लिए ।

यसअघि भैरहवाले टस जित्दै काठमाडौंलाई ब्याटिङको निम्तो दिएको थियो । काठमाडौंलाई सस्तैमा समेट्नेक्रममा भैरहवाका लागि कुशल मल्ले सर्वाधिक ३ विकेट लिए । यस्तै मोहम्मद नाभिदले २ विकेट लिए भने अभिनस बोहरा र शरद भेषवाकले समान १ विकेट लिए ।

काठमाडौंका लागि सन्दिप राजलिले २७ रन, प्रदिप साहुले २५ रन र अमित श्रेष्ठले १३ रनको योगदान गरेका थिए । काठमाडौंका अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।भैरहवाले शनिबार हुने फाइनलमा ललितपुरू प्याट्रियट्सकाे समाना गर्नेछ ।