मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ भदौ २८ सोमबार
  • Monday, 13 September, 2021
२०७८ भदौ २४ बिहीबार १२:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मातृका आँखा अस्पतालभित्र फेला परेको वस्तु नक्कली बम

Read Time : < 1 मिनेट
२०७८ भदौ २४ बिहीबार १२:२५:००

काठमाडौंको सेतोपुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र बिहीबार बिहान फेला परेको शंकास्पद वस्तु नक्कली बम (होक्स) रहेको पुष्टि भएको छ। नेपाल प्रहरीले बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनालाई खबर गरेको थियो। सेनाले उक्त शंकास्पद वस्तु  होक्स रहेको पुष्टि गरेको हो।

‘कोही कसैले झुक्याउन र तर्साउनलाई यस्तो वस्तु राखेको हो,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने, ‘नेपाली सेनाको बम डिस्पोजल टोलीले होक्स रहेको पुष्टि गर्‍याे ।’ उनले आशंकामा दुईजनालाई पक्राउ गरिएको जानकारी दिए।