मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ भदौ २८ सोमबार
  • Monday, 13 September, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २४ बिहीबार १२:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानसेनापति शर्माले लिए पद तथा गोपनीयताको शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २४ बिहीबार १२:२३:००

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा शर्माले नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष शपथ लिएका हुन्। उनलाई राष्ट्रपति भण्डारीले महारथीको दर्ज्यानी चिह्न पनि प्रदान गरेकी छिन्।

मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रूपमा शर्माले तीनवर्षे कार्यकालका लागि आजैदेखि औपचारिक रूपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्नेछन्।  समारोहमा प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थिति थियो।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा शर्मालाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्। नवनियुक्त प्रधानसेनापति शर्माले जंगी अड्डामा निशान भगवतीको पूजाअर्चना गर्नेछन्। उनको सम्मानमा सैनिक टुकडीले प्रधानसेनापति सम्मान गारत अर्पण गर्नेछ। आजै पदबहाली, रथीवृन्दलाई  सम्बोधन तथा सैनिक मञ्च टुँडिखेल  र छाउनी पुगेर  वीर सैनिकप्रति पुष्पहार अर्पण गर्ने कार्यक्रम छ ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीनवर्षे कार्यकाल आजै सकिएको छ।