मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ भदौ २८ सोमबार
  • Monday, 13 September, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २४ बिहीबार १२:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्यान्सरपीडित वडासदस्यको उपचारका लागि संकलित रकम हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २४ बिहीबार १२:०६:००

नेपाली कांग्रेसका नेताहरूले क्यान्सरपीडित वडासदस्यलाई उपचार रकम हस्तान्तरण गरेका छन्। काठमाडौं महानगरपालिका– ३० का वडासदस्य नीरज सत्यालको उपचारका लागि कांग्रेस नेताहरूले बिहीबार रकम हस्तान्तरण गरेका हुन्।

नेताहरू प्रकाशमान सिंह, गगन थापा  र काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले बिहीबार सत्यालको उपचारका लागि संकलित ६ लाख ६४ हजार ६ सय ५८ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

रकम अमेरिकामा रहेका कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीको पहलमा संकलन गरिएको बताइएको छ।