Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २२ मंगलबार १८:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुरेन्द्र पाण्डेको आरोप– माधव नेपालले हामीलाई धोका दिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २२ मंगलबार १८:०६:००

एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफूहरूलाई माधव नेपालले धोका दिएको आरोप लगाएका छन् । एमाले कास्कीले मंगलबार आयोजना गरेको कार्यक्रममा पाण्डेले पार्टी फुटाएर नेपालले आफूहरूलाई धोका दिएको आरोप लगाएका हुन् । 

आफूहरूले पार्टी विभाजन रोक्न गरेको सबै प्रयास असफल भएको उनको भनाइ छ । ‘हामीले पार्टी विभाजन गर्न हुन्न भन्यौँ । अन्तिमसम्म प्रयास ग¥यौँ । तर, माधव नेपालले मान्नुभएन । कतिपयले हामीहरूलाई माधव नेपाललाई धोका दिएको भनेर अर्थ लगाउने गरेका छन् । पार्टी एकताभन्दा बाहिर गएर पार्टी फोडेर माधव नेपालले हामीलाई धोका दिनुभएको छ,’ उनले भने ।