मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
मानदत्त रावल
२०७५ पौष ५ बिहीबार ११:५६:००
Read Time : < 1 मिनेट
समाचार

जुम्लामा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु 

Read Time : < 1 मिनेट
मानदत्त रावल
२०७५ पौष ५ बिहीबार ११:५६:००

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । बुधबार तिला गाउँपालिकाको त्रिवेणीमा झोलुंङ्गे पुलबाट सापुल्लीगाउँ जाने गोरेटो बाटोमा मोटरसाइकल दुर्घटना हुँदा चन्दननाथ नगरपालिका – ६ छिनागाउँका ३६ वर्षीय नरेन्द्र रावलको मृत्यु भएको हो । 

व्यापारी रावल भेडाबाख्रा खरिद गर्न गाउँमा जाने क्रममा घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय, जुम्लाका निरीक्षक प्रकाश केसीले बताए । उनका अनुसार मृतक रावलको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएको छ ।