Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीपक अधिकारी काठमाडाैं
नवीन गुरुङ संखुवासभा
२०७८ भदौ २२ मंगलबार १३:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संखुवासभा सामूहिक हत्या प्रकरण : विज्ञ टोलीद्वारा घटनास्थलको अनुसन्धान सुरु

Read Time : < 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
नवीन गुरुङ, संखुवासभा
२०७८ भदौ २२ मंगलबार १३:३०:००

संखुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोलागाउँमा भएको बीभत्स हत्याकाण्डको अनुसन्धान सुरु भएको छ। मंगलबार बिहानैदेखि तालिमप्राप्त कुकुरसहितको विज्ञ टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीले बताए।

उनका अनुसार सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली सोमबार राति अबेर मात्रै घटनास्थल आइपुगेको हो। उक्त टोली आज मंगलबार बिहानैदेखि विभिन्न चरणमा अनुसन्धान सुरु गरेको जनाएको छ।

आइतबार राति ६ जनाको सामूहिक बीभत्स हत्या भएको थियो। उक्त घटनाको अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको विज्ञ टोली घटनास्थल आइपुगेको छ। स्थानीय ८५ वर्षीय बौद्धमान कार्कीको एकै परिवारको वंश नै नास हुने गरी ६ जनाको सामूहिक हत्या भएको थियो। उक्त घटनामा घरमूली बौद्धमान कार्की भने सकुशल छन्। सो हत्याकाण्डमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय दीपेन कार्की र सात वर्षीया गोमा कार्कीले ज्यान गुमाएका छन्।

घटनास्थल वरपर स्थानीय र सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको छ। यो घटनाले सुरक्षाकर्मीलाई समेत चुनौती थपिएको छ।