मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २२ मंगलबार ०८:३५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बिपी प्रतिष्ठान आन्दोलनको ८४ दिन पूर्वउपकुलपतिहरूले भने– चिकित्सकहरूको माग सम्बोधन गर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २२ मंगलबार ०८:३५:००

पदाधिकारीबाटै अनियमिततामा जेलिएको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धीकरणको माग राखी भइरहेको आन्दोलनले ८४ दिन पूरा गरेको छ । प्रतिष्ठानभित्र भइरहेको आर्थिक अनियमितता, पदाधिकारीहरूको नियुक्ति प्रक्रियामा सुधार, प्रधानमन्त्री र डा.गोविन्द केसीबीच भएको सम्झौता कार्यान्वयनलगायतका माग राखी भइरहेको आन्दोलन झन्डै तीन महिना पुग्न लागेको छ । 

लामो समयसम्म पनि आन्दोलनकारीहरूको मागप्रति सरकार संवेदनशील नभएको भन्दै प्रतिष्ठानका पूर्वउपकुलपतिहरूले माग सम्बोधन गर्न माग गरेका छन् । प्रतिष्ठानको शैक्षिक कार्यक्रम र चिकित्सा सेवा यति लामो समयसम्म अस्तव्यस्त रहँदा पनि आन्दोलनकारीहरूसँग भएको सहमति कार्यान्वयनतर्फ सरकारले असंवेदनशीलता देखाएको भन्दै पूर्वउपकुलपतिहरूले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । विश्वविद्यालयहरूका पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नवीनप्रकाशजंग शाह, तोरणबहादुर कार्की, अर्जुन कार्की, कैलाशनाथ प्याकुरेल, हीराबहादुर महर्जन, खगेन्द्र भट्टराई, जयराज अवस्थी र नरेशमान बज्राचार्यले बिपी प्रतिष्ठानमा चलिरहेको आन्दोलनको माग सम्बोधन गर्न माग गरेका हुन् । 

आन्दोलनको ५०औँ दिनमा आन्दोलनकारी तथा सरकारबीच भएको ६ बुँदे सम्झौता, समितिको गठन, समितिबाट प्रतिवेदनको प्रस्तुतीकरण भए पनि माग सम्बोधनका लागि सरकारले कुनै पहल नगरेको आन्दोलनमा संलग्न चिकित्सकहरूले बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेल संयोजकत्वको समिति र ६ बुँदे सम्झौता भएको ३२ दिन बितिसक्दा पनि माग सम्बोधन नभएको भन्दै कडा कदम चाल्ने शुद्धीकरण समितिले जनाएको छ । 
समितिले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले चासो राखेमा केही घन्टामै गर्न सक्ने काममा महिनौँ लगाएको जनाएको छ ।