मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी
२०७५ फाल्गुण १३ सोमबार १४:१८:००
Read Time : < 1 मिनेट
सप्तरंग

विवादास्पद चलचित्र 'ग्रीन बूक' ले जित्यो ओस्कार पुरस्कार

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७५ फाल्गुण १३ सोमबार १४:१८:००

नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र 'ग्रीन बूक' ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ । 

यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ । 

अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र “रोमा” लाई पछि पार्दै ग्रीन बूकलाई ओस्कार प्रदान गरिएको हो । 

ग्रीन बूकका पियानोबादकको भूमिकामा रहेका माहेरशाला अलिले उत्कृष्ट सहयोगी पात्र तथा ड्राइभरको भूमिका निर्वाह गर्ने भिग्गो मोर्टसेनले उत्कृष्ट नायकको पुरस्कार पाए । यस चलचित्रले पाँच वटा विधामा पुरस्कार प्राप्त गरेको थियो । 

“यो चलचित्रको पूरै कथावस्तु प्रेमसँग जोडिएको छ । हामीबीच मतान्तर रहेपनि यसमा एकअर्काप्रति स्नेहभाव छ र हामी को हौँ भन्ने सत्य उद्घाटित छ । हामी सबै एक हौँ,” हलिउडमा आयोजित पुरस्कार वितरण समारोहमा निर्देशक पिटर फारेलीले भने । 

कथामा समेटिएका शर्ले र लीप दुबै असाध्यै मिल्ने साथी थिए, र उनीहरु दुबैको सन् २०१३ मा निधन भएको थियो ।