मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २१ सोमबार ०७:११:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामसङको फोल्डेबल स्मार्ट फोनअन्तर्गत दुई मोडल बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २१ सोमबार ०७:११:००

स्मार्ट फोन ब्रान्ड सामसङले नेपाली बजारमा नयाँ सुलभ स्मार्ट फोनका दुई मोडल सार्वजनिक गरेको छ । कम्पनीले ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जोड फ्लिपथ्री फाइभजी बजारमा ल्याएको हो । दुई नयाँ मोडलले ग्राहकहरूलाई अद्वितीय, मनोरञ्जनात्मक एवं जीवन्त अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । दुवै फोनमा थुप्रै विशेष तरिकाबाट काम गर्न, भिडियो हेर्न तथा गेम खेल्न सकिने कम्पनीको दाबी छ । यी दुई फोल्डेबल फोनमा सामसङको उत्कृष्ट आविष्कार तथा आकर्षक डिजाइनको विरासत कायम नै रहेको जनाइएको छ । 

कम्पनीले दुवै फ्ल्यागसिप उत्पादनको प्रि–बुकिङ शून्य प्रतिशत ब्याजदरमा इएमआईको व्यवस्था गरेको जनाएको छ । इएमआई सुविधा नबिल बैंक, एनआइसी एसिया बैंक, सन्राइज बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, माछापुच्छ«े बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक, एनएमबि बैंक, कुमारी बैंक लिमिटेड, उपासना बहुउद्देश्य सहकारी संस्था लिमिटेड र हुलास इन्भेस्टमेन्टबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यससँगै प्रि–बुकिङ गर्ने ग्राहकले १ वर्षसम्म ब्रेकेज इन्स्युरेन्स सुविधा पनि प्राप्त गर्ने उल्लेख छ । दुवै मोडलमा यो नियम लागू हुने जनाइएको छ । 

यी स्मार्ट फोनको प्रि–बुकिङ गर्ने ग्राहकले केजिएच ग्रुप, जिमखाना, होटेल म्यारियट काठमाडौं, गोकर्ण रिसोर्ट, स्मार्ट डोको, द स्टेटमेन्ट एनपी, आइएमएस लिटिल स्माइल, लेट मी इन, ट्र्यांकुलिटी स्पा तथा होटेल साम्बालामा गरी १० हजार रुपैयाँसम्मको उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।

मूल्य तथा उपलब्धता : फ्यान्टम ब्ल्याक, फ्यान्टम ग्रिन तथा फ्यान्टम सिल्भरमा उपलब्ध भएको १२/२५६ जिबी भेरियन्टको ग्यालेक्सी जोड फोल्डथ्री फाइभजी दुई लाख २० हजार रुपैयाँ तथा १२/५१२ जिबी भेरियन्टको मूल्य दुई लाख ३० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । त्यस्तै, क्रिम, ल्याभेन्डर तथा फ्यान्टम ब्ल्याक कलरमा उपलब्ध भएको ८/२५६ जिबी भेरियन्टको ग्यालेक्सी जेड फ्लिप थ्री फाइभजीको मूल्य एक लाख २५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।