मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २० आइतबार १९:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ अभियुक्त पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २० आइतबार १९:४०:००

अमेरिकाले उपलब्ध गराउने डाइभर्सिटी भिसा (इडिभी)का लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्ने ६ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्ने  पाल्पा तानसेन– ३ का ३५ वर्षीय सुमितरत्न गुभाजू, मोरङ पथरी शनिश्चरे– ६ का ३५ वर्षीय अमरबहादुर कटुवाल, कास्की पोखरा– ५ मालेपाटनका ३० वर्षीय नरेश केसी, नवलपरासी देवचुली– १७ का ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रे बनोपा– १० जनगालका ३३ वर्षीय दीप विष्ट र काठमाडौं टेकुका २३ वर्षीय सोहिली शाही रहेका छन् । 

प्रहरीका अनुसार उनीहरूले इडिभीको थप प्रक्रिया अघि बढाउन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेका थिए । यसका लागि दलाललाई २० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च गरेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए । 

उनले भने, ‘यिनीहरूको नाममा डिभी परिसकेको रहेछ । त्यसका लागि थप डकुमेन्ट दूतावासमा बुझाउनुपर्ने रहेछ । यिनीहरूसँग शैक्षिक योग्यताको प्रमाणपत्र छैन रहेछ । त्यसैका लागि नक्कली प्रमाणपत्र बनाएर पेस गरेछन् । यस प्रयोजनमा २० हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म खर्च गरेको अनुसन्धानबाट खुलेको छ ।’

नेपालस्थित अमेरिकी दूतावसको अनुरोधपछि  महाशाखाले घटनाको अनुसन्धान गरेको थियो । यस क्रममा ‘प्लस टु’को नक्कली ट्रान्सक्रिप्ट, माइग्रेसन सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट, एसएलसीको मार्कसिट, राष्ट्रिय परीक्षा बोर्डको प्रमाणित पत्रलगायतका नक्कली कागजात प्रहरीले बरामद गरेको छ । घटनामा संलग्न अन्य अभियुक्तको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।