मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ भदौ २० आइतबार १८:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विपतपीडित परिवारलाई पाँच लाखसम्म राहत उपलब्ध गराउने प्रदेश १ सरकारको निर्णय 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ भदौ २० आइतबार १८:२९:००

प्रदेश १ सरकारले विपतपीडित परिवारलाई तीनदेखि पाँच लाखसम्म राहत उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले विपतपीडित प्रतिपरिवार हिमाली जिल्लामा पाँच लाख र पहाडी जिल्लामा चार लाख र तराईमा तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । 

पीडित परिवारलाई संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले २० प्रतिशत राहत उपलब्ध गराउने संघको निर्णयअनुसार प्रदेश सरकारले उक्त निर्णय गरेको हो । 

प्रदेश १ सरकारले मनसुनजन्य विपत् प्रभावित निजी आवास पुनर्निर्माण पुनस्र्थापन गर्न बनेको कार्यविधि कार्यान्वयन गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिएको छ । 

प्रदेशअन्तर्गत रहेका लोकसेवा आयोग र योजना आयोगमा रिक्त अस्थायी दरबन्दी सिर्जना गर्ने, प्रादेशिक सञ्चार प्रतिष्ठानको संरचनाको व्यवस्थापन तथा स्थायी दरबन्दी सिर्जना गर्ने, प्रदेशमा मानव अधिकारसम्बन्धी काम गर्न फोकल पर्सन तोक्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।