मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १४ बिहीबार
  • Thursday, 30 September, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २० आइतबार १५:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमसेन जात्रा मनाउन वडाको पाँच लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २० आइतबार १५:४५:००

ललितपुरको ऐतिहासिक भीमसेन जात्रा मनाउन ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। वडाध्यक्ष निर्मलरत्न शाक्यले मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

वडाले अमूर्त संस्कृति संरक्षणका लागि सम्बद्ध गुठीयार, सरोकारवालासँग समन्वय गरी अक्षयकोषका लागि रकम प्रदान गर्दै आएको छ। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन पाटन मंगलबजारमा मेला लाग्छ। त्यसको पर्सिपल्ट दशमीका दिन राति हजारौँ मानिसको सहभागितामा  भीमसेन जात्रा मनाइन्छ।जात्राको वेला स्वयंसेवक परिचालन गरिन्छ।