Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
शान्ता कमली लमजुङ
२०७८ भदौ २० आइतबार ११:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङका ७४ वडामा कांग्रेस अधिवेशन टुंगियो, एउटा वडाको बाँकी

Read Time : < 1 मिनेट
शान्ता कमली लमजुङ
२०७८ भदौ २० आइतबार ११:१०:००

लमजुङका ७४ वडामा नेपाली कांग्रेसको अधिवेशन टुंगिएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्लाका ७५ वडामध्ये ७४ वडाको अधिवेशन टुंगिएको हो। ६३ वडामा सर्वसहमत र ११ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको कांग्रेस लमजुङका सचिव हरिप्रसाद बरालले जानकारी दिए।

बरालका अनुसार दूधपोखरी गाउँपालिका– ५ कोल्कीमा आइतबार निर्वाचन हुँदै छ । बेंसीसहरको ३ र ८, दोर्दी गाउँपालिकाको १, राईनास नगरपालिकाको ९ र ४, सुन्दरबजार नगरपालिकाको ३, ४, ६, ७, ९ तथा  मध्यनेपाल नगरपालिकाको ४ नम्बर वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो।

लमजुङमा कांग्रेसका आठ हजार तीन सय ६९ क्रियाशील सदस्य छन्। तीमध्ये चार हजार तीन सय ३६ क्रियाशील सदस्य नयाँ रहेका सचिव बरालले जानकारी दिए। पुराना चार हजार ३३ जनाले क्रियाशील सदस्यता नवीकरण गरेकाे सचिव बरालको भनाइ छ।

जिल्लाको निर्वाचन हेर्नका लागि अधिवक्ता ठानेश्वर दवाडीलाई केन्द्रीय निर्वाचन समितिले खटाएको छ। लमजुङमा आगामी असोज ५ गते जिल्ला अधिवेशन निर्वाचन हुनेछ।