मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज १४ बिहीबार
  • Thursday, 30 September, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १८ शुक्रबार २२:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिनियाँ दूतावासले भन्यो– नेपाल र चीनको सीमा विवादमुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १८ शुक्रबार २२:५४:००

नेपाल सरकारले हुम्ला जिल्लास्थित नेपाल चीन सीमा समस्याबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव नेतृत्वको टोली गठन गर्ने निर्णय गरेको तीन दिनपछि चीनले प्रतिक्रिया दिएको छ। 

शुक्रबार चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सियाओलोङले चिनियाँ प्रतिक्रिया मागेका पत्रकारहरूलाई इमेलमार्फत प्रतिक्रिया दिँदै नेपाल र चीनको सीमा विवादमुक्त रहेको स्पष्ट पारेका छन्। 

उनले पठाएको प्रतिक्रियाको पूर्ण पाठ 
मैले सम्बन्धित रिपोर्टलाई नोटमा लिएको छु। चीन र नेपालले सधैँ एक–अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सम्मान गरेका छन्। दुई देशले सीमाका विषयहरू मैत्रीपूर्ण छलफलद्वारा सन् १९६० मै सुल्झाएका छन्। चीन नेपाल सीमा विवादमुक्त छ।

केही व्यक्तिगत शक्तिले विगतमा नेपाल चीन कथित सीमा विवादलाई उचाल्न खोजेका थिए। परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत यसबारेमा स्पष्ट पारिसकेको छ। वर्षौँदेखि चीन र नेपालले सीमा व्यवस्थापन, सुक्खा बन्दरगाह निर्माण र सञ्चालन तथा उल्लेखनीय परिणामसहित सीमापार सहयोगलाई सक्रियतापूर्वक बढावा दिइरहेका छन् जसले दुई देश र जनताको विकास एवं हित बढेको छ। सीमा क्षेत्रका बासिन्दाहरूको पनि मैत्रीपूर्ण आवागमन हुँदै आएको छ। चीनको तिब्बत स्वायत्त क्षेत्रले हुम्ला जिल्लासहित नेपालका उत्तरी क्षेत्रमा यातायात तथा सामग्री खरिदमा सहयोग र सुविधा उपलब्ध गराउँदै आएको छ। यसैगरी, भूकम्प, बाढी तथा महामारीजस्ता प्रकोपविरुद्ध मानवीय सहायता उपलब्ध गराउँदै आएको छ।

यो वर्ष दुई देशबीच सीमा सन्धिमा हस्ताक्षर भएको ६० वर्ष पुग्दै छ। चीनले नेपालसँग सीमा सम्बन्धित मामिलामा पञ्चशीलका पाँच सिद्धान्तका आधारमा अनि निरन्तर सहकार्य सुदृढ गर्ने कार्यलाई निरन्तरता दिन चाहेको छ। यसैगरी, चीनले हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटी नेटवर्कमार्फत नेपाल–चीन सीमालाई विकास तथा सहकार्यका लागि लिंक र पुलका रूपमा विकसित गर्न चाहेको छ।