मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी काबुल
२०७८ भदौ १७ बिहीबार १४:१३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नयाँ सरकार घोषणाको तयारीमा तालिवान

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
२०७८ भदौ १७ बिहीबार १४:१३:००

अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन्। सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको तालिवानले बताएका छन्। उनीहरुले सरकार बनाउने सम्बन्धमा नै राजनीतिक भेटघाटलाई तीव्र बनाएका थिए।

तालिबानले सत्ता कब्जा गरेपछि सरकार बनाउने विषयमा विभिन्न चरणमा विभिन्न नेतासँग छलफल गरेका र ती छलफल बुधबार सकिएको अफगानिस्तानको समाचार संस्था टोलो न्यूजले जनाएको छ।

तालिवानका एक प्रमुख नेता मुल्लाह हबितुल्लाह अखुन्जादाले केही दिनअघि अफगानिस्तानका नेतासँग सरकार बनाउने विषयमा छलफल गरेका थिए । यस विषयमा उनले अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईसँग पनि परामर्श गरेका थिए। पूर्वराष्ट्रपति कारजाईले अफगान सरकार र तालिवानबीचको शान्ति वार्ताका मध्यस्तकर्था अब्दुल्ला अब्दुल्लासँग पनि भेटवार्ता गरेको बताइएको छ।

केही दिन अघि नै सरकार बनाउनका लागि भन्दै तालिवानका नेता अनस हक्कानी पनि अफगानिस्तानको राजधानी काबुल पुगेका थिए। यी नेताका भेटवार्तामा अफगानी उच्च सदन सिनेटका अध्यक्ष अब्दुल हादी मुस्लियार पनि सहभागी रहेका बताइएको छ।

अफगानिस्तानमा संयुक्त र सर्वपक्षिय सरकार बनाउने विषयमा छलफल भएको तालिवान नेताहरुले बताउँदै आएका छन्। तालिवान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले गत हप्ता मात्र अफगानिस्तानमा सबै पक्षलाई समेटेर समावेशी सरकार निर्माण हुने बताएका थिए।