Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कमल खत्री
२०७५ पौष ५ बिहीबार ११:३०:००
Read Time : < 1 मिनेट
समाचार

नयाँ पर्यटकीय गन्तव्य बन्दै लभ्ली हिल

Read Time : < 1 मिनेट
कमल खत्री
२०७५ पौष ५ बिहीबार ११:३०:००

म्याग्दी सदरमुकाम बेनीनजिकै रहेको लभ्ली हिल नयाँ आकर्षण बनेको छ । आन्तरिक तथा बाह्य पर्यटक लभ्ली हिल पुग्न थालेका छन् । बेनी नगरपालिका–२ खबरास्थित लभ्ली हिल सदरमुकामको शिरमै रहेको छ । सदरमुकामबाट ३० मिनेटमै पुग्न सकिने भएकाले पनि पर्यटकको आकर्षण बनेको हो । पर्यटकीय पूर्वाधार बनेपछि पर्यटकलाई पनि सहज भएको छ ।

पर्यटन कार्यालय पोखरा र बेनी नगरपालिकाले गोलघर, विश्रामस्थल, रेलिङ, बेन्चलगायत पूर्वाधार तयार गरेका छन् । म्याग्दी र कालिगण्डकी नदीको दोभानस्थित बेनीबजार, पर्वत बेनी, रमाइला पहाडहरू अवलोकन गर्न सक्ने भएकाले लभ्ली हिल नयाँ पर्यटकीय गन्तव्यका रूपमा सबैको रोजाइमा पर्न थालेको स्थानीय बासिन्दा धु्रवराज कार्कीको भनाइ छ । 

पदयात्राका लागि सहज
लभ्ली हिल पदयात्राका लागि पनि सहज बनेको छ । छोटो समयमै पुग्न सकिने भएकाले पदयात्राका लागि स्थानीय बासिन्दाको पनि रोजाइमा पर्न थालेको म्याग्दी उद्योग–वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यको भनाइ छ । ‘गलेश्वरदेखि सलल बगेको कालीगण्डकीको मनमोहक दृश्य, धौलागिरिलगायत मनोरम हिमालको चुचुरो र आकर्षक भूबनोटले नयाँ गन्तव्य बनेको छ,’ शाक्यले भने । 

पदमार्ग निर्माण सुरु
लभ्ली हिलसम्मको पदमार्ग निर्माण गर्न थालिएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ र म्याग्दी उद्योग–वाणिज्य संघले पदमार्ग निर्माण गर्न लागेका हुन् । पदमार्ग निर्माणपछि लभ्ली हिलसँगै बेनीको पर्यटनको विकासमा थप सहयोग पुग्ने बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको भनाइ छ । एक दशमलव ७ मिटर चौडाइको पदमार्ग निर्माण गर्न लागिएको संघका अध्यक्ष एवं निर्माण समितिका संयोजक उत्तम कर्माचार्यले बताए ।