१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ भदौ १७ बिहीबार ०६:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाटोमा मल राखेको विषयकाे झडपमा कुटिएकी घाइते वृद्धाको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ भदौ १७ बिहीबार ०६:५४:००

सिराहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका– १ डुमरी गाउँमा बाटोमा भैँसीको मल राखेको विषयमा भएको झगडामा कुटपिट हुँदा एक वृद्धाकाे मृत्यु भएको छ । 

मल राखेको विषयमा भएको विवादसँगै कुटपिटको क्रममा गम्भीर घाइते भएकी डुमरी गाउँकी ६५ वर्षीया भाल्सैरदेवी यादवको मंगलबार अपराह्न घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीका अनुसार मृतक वृद्धाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पोष्टमार्टम गरी बुधबार दिउँसो सम्बन्धित परिवारको जिम्मा लगाइएको छ । 

यस्तो थियो विवाद
भाल्सैरकी छिमेकी श्रीदेव यादवले आफ्नो घरमा पालेको भैँसीको गोबर मल बाटोमा राखेको विषयमा झगडा भएको थियो । झगडा बढ्दै गएपछि श्रीदेव यादव र उनका आफन्त जयकुमार यादवले भाल्सैरलाई लाठी र रडले कुटपिट गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार लाठी र रडले कुटपिट गरेपछि रक्ताम्य भएर ढलेकी भाल्सैरलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको हो । कुटपिटको क्रममा वृद्धाको मृत्यु भएपछि जयकुमार र श्रीदेव फरार भएकाले व्यापक खोजी गरिरहेको प्रहरीले जनाएको छ । वृद्धाको मृत्युपछि गाउँमा थप झडप हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कल्याणपुर प्रहरीलाई समेत परिचालन गरिएको जनाइएको छ ।