१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १७ बिहीबार ०६:३६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोना संक्रमणदर १५ प्रतिशत : जोखिमकै बीच निषेधाज्ञा हटाइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १७ बिहीबार ०६:३६:००

विश्व स्वास्थ्य संगठनले संक्रमणदर पाँच प्रतिशतभन्दा कम भएको अवस्थामा मात्र निषेधाज्ञा हटाउन सक्ने मापदण्ड छ । तर, सरकारले संक्रमणदर १५ प्रतिशत हाराहारी भएकै अवस्थामा निषेधाज्ञा हटाउने निर्णय गरेको छ । 

कालीप्रसाद पराजुली प्रमुख जिल्ला अधिकारी, काठमाडौं

अब लिभिङ विथ कोरोनाको अवधारणाअनुसार अघि बढ्नुको विकल्प छैन । संक्रमण बढ्न नदिई व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेका हौँ । फेरि बढ्यो भने बन्द गर्न बाध्य हुन्छौँ ।

उपत्यकाका तीनै जिल्लाका प्रशासन कार्यालयले बिहीबारदेखि बिद्यालयबाहेक यसअघि निषेध गरिएका सबै क्षेत्र खोल्न दिने निर्णय गरेको छ । स्कुल पनि स्थानीय तहसँग समन्वय गरेर सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उल्लेख छ ।

जिल्ला प्रशासनको आदेशअनुसार यसअघि बन्द गरिएका फिल्म हल, रात्रिकालीन व्यवसाय, हेल्थक्लबलगायतका बन्द गरिएका सबै क्षेत्र खुल्ने भएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि १६ वैशाखदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । ठीक चार महिनापछि निषेधाज्ञा हटाउने निर्णय भएको छ । 

कतिपय व्यवसायहरू वैशाखदेखि बन्द हुँदा व्यवसायी र कामदार समस्यामा परेकाले स्वास्थ्य मापदण्ड लागू गरेर खोल्न दिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । ‘अब लिभिङ विथ कोरोनाको अवधारणाअनुसार अघि बढ्नुको विकल्प छैन,’ उनले भने, ‘संक्रमण बढ्न नदिई व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेका हौँ । फेरि बढ्यो भने बन्द गर्न बाध्य हुन्छौँ,’ उनले भने । प्रशासनले जात्रा, जुलुस, भोज गर्न भने निषेध गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) तथा चिकित्सकको राय लिएर नै सबै क्षेत्र खुला गरिएको सिडिओ पराजुलीको भनाइ छ ।