१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ १६ बुधबार १५:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सभापतिमा लड्ने गुरुङको घोषणा

Read Time : < 1 मिनेट
२०७८ भदौ १६ बुधबार १५:०५:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता कल्याण गुरुङले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै गुरुङले यस्तो घोषणा गरेका हुन्। 

कांग्रेसमा युवा पुस्ताको नेतृत्व गर्दै आफू उम्मेदवार बन्ने उनले घोषणा गरेका हुन् । भदौ १८ बाट कांग्रेसको तल्लो तहको अधिवेशन सुरु हुँदै छ। गुरुङले पनि यसअघि नै आफू सभापतिको उम्मेदवार बन्न लागेको घोषणा गर्दै आएका थिए। हालसम्म सभापतिमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी दिने घोषणा गरेका छन् भने गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

उम्मेदवार भन्ने घोषणा गर्दै गुरुङले भने, ‘कांग्रेसमा उही अनुहार भएको नेतृत्व आयो, नयाँ सोच आएन, त्यसैलाई परिवर्तन ल्याउन नयाँ पुस्ता आवश्यक भएको आवाज उठ्न थाल्यो। त्यसैका लागि नयाँ युस्ताको तर्फबाट मैले उम्मेदवार बन्ने निर्णय गरेको हुँ ।’