मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ४ सोमबार
  • Monday, 20 September, 2021
नयाँ पत्रिका काठमाडौँ
२०७८ भदौ १६ बुधबार १२:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

चिडियाखानाको व्यवस्थापन गर्न धौ-धौ, जनावरलाई खानाको जोहो गर्न कर्मचारीको तलब काटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ भदौ १६ बुधबार १२:१९:००

कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बन्द रहेको चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ। तर, महामारीका कारण मानिसहरू घुम्न ननिस्किनाले आर्थिक आम्दानी कम हुँदा चिडियाखानाका जनावरहरूलाई खाद्यान्नको व्यवस्थापन गर्न धौ–धौ परेको हो।

सञ्चालनको मुख्य आय टिकट बिक्रीबाट हुने गरेकोमा यो स्राेत नै बन्द भएपछि चिडियाखाना समस्यामा परेको छ। वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधाजस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले बताइन्। उनले ०१५ को शक्तिशाली भूकम्पपछि चिडियाखानामा भौतिक संरचनालाई ध्यान दिइए पनि कोरोनाका कारण आम्दानी बन्द भएपछि अहिले भौतिक संरचनाको काम शून्यबराबर रहेको बताइन्।

उनले पहिलो लकडाउनमा कर्मचारीको आधा पारिश्रमिक काटेर पनि जनावरहरूलाई खानेकुराको जोहो गर्न सहयोग गरेकोसमेत बताइन्।

सूचना अधिकृत चालिसेले भनिन्, ‘हाम्रो आम्दानी आदि जस्तै घटेको छ, पहिलो लहरमा १० महिना बन्द गर्‍याैँ । दोस्रो लहरमा साढे दुई महिना बन्द गर्‍याैँ । आर्थिकस्थिति खासै राम्रो छैन, तर यसलाई मितव्ययी तरिकाले चलाउन प्रयास गरिरहेका छौँ। हामीले २०१५ को भूकम्पपछि हामीले भौतिक पूर्वाधारमा धेरै जोड दिएका छौँ।  पर्खाल, संरचना, यसमा भूकम्प अर्को गयो भने पनि केही नोक्सान नहुने, ज्यानलाई खतरा नहोस्, किनभने यो एकदम संवेदनशील ठाउँ छ। हिंस्रक जनावरहरू छन्। त्यसमाथि पनि दर्शकहरूको भिड हुने गर्छ। तर, पछिल्लोपटक भौतिक संरचना शून्यबराबर छ, यो संवेदनशील स्थान भएकोले रिपेयरमेन्टेनेन्सहरूमा खर्च गर्छौँ, हामीले गत सालको लकडाउनमा त कर्मचारीहरूको आधा स्यालरी काटेर विथआउट फ्यासेलिटीमा काम गरेका हौँ, त्यसले कतिपय डेलिभरीका साथीहरूलाई गुमायौँ, पहिला ७५ जना कर्मचारी रहेकोमा अहिले ५६ जना मात्रै कर्मचारीले काम गरिरहेका छौँ ।’