१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ १६ बुधबार ०६:३७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना प्रभावित व्यवसायीलाई दाताको अनुदान

Read Time : > 1 मिनेट
२०७८ भदौ १६ बुधबार ०६:३७:००

कोरोना संक्रमणका कारण दुई वर्षदेखि थलिएका साना व्यापार व्यवसाय गर्ने व्यवसायीलाई दाताले अनुदान प्रदान गरेको छ । कोरोना प्रभावित व्यवसायी पुनर्स्थापना गर्नका लागि अनुदान प्रदान गरिएको हो । पातारासी गाउँपालिका– ५ ल्होर्पगाउँमा खुद्रा व्यापार गर्दै आएका रमेश बुढालाई किर्डाक नेपालले व्यवसाय पुनर्स्थापनाका लागि सहयोग गरेपछि उनको व्यापार फेरि उठेको छ ।  त्यस्तै पातारासी– ७ की चन्द्रमाया थापाले पनि जुम्ला–रारा जाने सडकको उर्थुमा खुद्रा व्यापार गर्दै आएकी छिन् ।

रारा जाने छोटो मार्ग भएकाले उर्थु–पटमारा सडकबाट दैनिक सयौँ पर्यटक तथा स्थानीयको आवतजावत हुने भएकाले व्यापार राम्रै थियो । तर, पहिलो र दोस्रो चरणको कोरोनाले थापाको व्यापारमा गिरावट आएपछि किर्डाक नेपालले व्यवसाय पुनर्स्थापनाका लागि सहयोग गरेको हो । सहयोगपछि उनको व्यापार केही महिनामै फेरि सुचारु भएको छ ।

अहिले थप आफ्नो लगानी गरेर व्यवसायमै जुटेको र घाटामा परेको व्यापार पुनर्स्थापना गर्न थोरै भएपनि सहयोग र ऊर्जा थपिदिएको बुढाले खुसी व्यक्त गरेका छन् ।

यता चन्द्रमाया थापाले सहयोग पाएपछि व्यापार निरन्तर सञ्चालन भएको बताइन् । किर्डाकबाट प्राप्त सहयोगले दोब्बर कमाइ गरेर पनि सामग्री थपेको उनको भनाइ छ ।

वर्ल्डभिजनको सहकार्यमा किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित (एकीकृत पोषण तथा उत्थानशील परियोजना)मार्फत कोरोनाबाट प्रभावित जुम्लाका तीन सय ५५ जना व्यवसायीलाई पुनर्स्थापना गरिएको छ । परियोजना सञ्चालन भएको पातारासी, तातोपानी र तिला गाउँपालिकाका तीन सय ५५ जना कोभिड प्रभावित व्यवसायीलाई पुनर्स्थापना गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड कार्यक्रम प्रबन्धक भेषबहादुर रावलले बताए ।

कोभिड प्रभावित व्यवसायीलाई वडाको सिफारिसमा सहयोग गरिएको हो । सामग्री सहयोगसहित व्यापार सञ्चालन र लेखाजोखासम्बन्धी तालिमसमेत प्रदान गरिएको फिल्ड कार्यक्रम प्रबन्धक रावलको भनाइ छ । कोभिड प्रभावित पुनर्स्थापित भएका व्यवसायहरूको अनुगमन गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख कर्मा बुढाले व्यवसाय प्रवर्द्धन, स्थानीयको आयआर्जन वृद्धि तथा पोषण स्थितिमा सुधार, उत्पादन वृद्धिका काममा लगानी गरेको बताए ।

एक करोड लगानी
जुम्लाका कोभिड प्रभावित व्यवसायीको पुनर्स्थापनाका लागि किर्डाक नेपालले करिब एक करोड बढी बजेट लगानी गरेको छ । (एकीकृत पोषण तथा उत्थानशील परियोजना)मार्फत व्यवसाय पुनर्स्थापनका लागि पातारासी, तिला र तातोपानीमा गरी एक करोड ४० लाख १४ हजार आठ सय रुपैयाँ लगानी गरिएको फिल्ड कार्यक्रम प्रबन्धक भेषबहादुर रावलले बताए । उनका अनुसार व्यवसायको प्रकृति अनुसार १६ हजार देखि ५० हजारसम्मको सामग्री सहयोग गरिएको छ ।

पोषण स्थिति सुधार आयआर्जन वृद्धिका लागि जुम्लाका चार सय ४२ जना किसानलाई ७० लाख ७५ हजारबराबरको कृषि सामग्री वितरण गरिएकोसमेत रावलको भनाइ छ । जुम्लाका एक हजार ६७ जनालाई ३१ लाख ६० हजार ८० सयबराबरको राहत उपलब्ध गराइएको छ । किर्डान नेपालको तथ्यांकअनुसार कोभिड प्रभावित एक सय ९७ खुद्रा साना व्यापारी, १६ वटा होटेल व्यवसाय, एक ग्रिल उद्योग, ६ वटा फलफूल प्रशोधन, ११ वटा फर्निचर उद्योग, चारवटा फ्रेस हाउसलाई पुनर्स्थापना गर्न लगानी गरिएको हो ।

त्यस्तै, ५६ जना बाख्रापालन व्यवसायीलाई ५० हजार दरका हिसाबले सहयोग गरी व्यवसाय पुनर्स्थापना गरिएको छ । पाँचवटा आरन व्यवसाय, चारवटा भैँसीपालन व्यवसाय, २१ जनाको सिलाइकटाइ व्यवसाय, स्याउ नर्सरी, इलेक्टोनिक, मोबाइल मर्मतलगायत १९ प्रकारका व्यवसायको पुनर्स्थापनाका लागि लगानी गरिएको छ ।