मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज २६ मंगलबार
  • Tuesday, 12 October, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १५ मंगलबार १७:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन देउवालाई पौडेल पक्षको दबाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १५ मंगलबार १७:४२:००

सत्तारुढ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेको छ । सत्तारुढ चार दलको शीर्ष तहमा मन्त्रालयको बाँडफाँडबारे छलफल भइरहेका वेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिने निर्णय गरेको हो । 

काठमाडौंको बोहोराटारस्थित पौडेलनिवासमा मंगलबार बसेको पौडल पक्षको बैठकले प्रधानमन्त्री देउवाले आफू पक्षलाई दिने मन्त्रालयबारे विषय नै प्रवेश गराउने काम अझै नगरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेको छ । बैठकले मन्त्रिमण्डलमा कांग्रेसले कति पाउने भन्ने विषयमा प्रधानमन्त्री देउवालाई छिटो टुंगोमा पुग्न आग्रह गर्ने निर्णय गरिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । 

उनले भने, ‘मन्त्रिपरिषदमा जाने विषयमा विषय प्रवेश ग¥यो । मन्त्रिमण्डलमा नेपाली कांग्रेसले कति पाउने र नेपाली कांग्रेसभित्र पनि हामीहरूको जुन पक्ष छ, त्यसलाई कति दिने भन्ने कुरामा अहिले पनि टुंगो भएको छैन । सभापतिजी त्यो कुरामा वास्तविक रूपमा प्रवेश गर्नुभएको छैन । त्यसैले त्यो कुरा पनि प्रवेश होस् ।’

पौडेल पक्षले आफ्नो पक्षबाट जातीय, क्षेत्रीय सन्तुलन मिलाएर सरकारमा पठाउने निर्णय पनि गरेको छ । ‘विभिन्न पक्षबाट आउने अनुहारहरूलाई हेरेर क्षेत्रीय सन्तुलन, जातीय सन्तुलन मिलेर मन्त्रिमण्डलमा पठाउने हो,’ केसीले भने, ‘तर, सबभन्दा पहिला कति जनाले मन्त्रालयले पाउने भन्ने स्पष्ट हुुनुपर्छ भन्ने कुरामै बैठक सीमित रह्यो ।’
बैठकमा पार्टीको आसन्न महाधिवेशनमा आफ्नो पक्षबाट एकजनाले मात्रै सभापतिमा उम्मेदवारी दिने प्रतिबद्धता पनि नेताहरूले जनाएका थिए । उनले भने, ‘जो लडे पनि सहमतिमा एकजना लड्ने विषयमा छलफल गरिएको छ । र, हामी सहमतिपूर्ण परिस्थिति नै निर्माण गर्छौँ । त्यही हामी सबैको वचनबद्धता हो ।’

पौडेल पक्षभित्र १४औँ महाधिवेशनमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताद्वय प्रकाशमान सिंह र डा. शेखर कोइराला सभापतिको आकांक्षी छन् । केसीले सबै नेताले मिलेर महाधिवेशनमा उम्मेदवारी दिने प्रतिबद्धता बैठकमा जनाएको बताए । बैठकले सत्तारुढ दलहरूबीच सन्तुलन, संयोजन र व्यवस्थापन गर्नुपरेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको पनि स्पष्ट पारेको छ ।