१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कारा स्विसर
२०७५ फाल्गुण १३ सोमबार ०९:१८:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

पत्रकारविरुद्ध सरकारकै फेसबुक ट्रोल

अनलाइन न्युज साइट ‘र्‍याप्लर’की संस्थापक रेसालाई फिलिपिनी सत्ताले करछली अभियोग लगायो र चरित्रहत्या अभियोगमा पक्राउ गर्‍यो

Read Time : > 3 मिनेट
कारा स्विसर
२०७५ फाल्गुण १३ सोमबार ०९:१८:००

रेसाको न्युज पोर्टल र्‍याप्लरबारे सरकारनिकट स्रोतले सोसल मिडियामार्फत निरन्तर रूपमा भ्रामक सूचना फैलाएकोमा रेसाले विरोध गरिरहेकी छिन् । अधिकांश फिलिपिनीले समाचार तथा सूचना थाहा पाउने फेसबुकमा ट्रोल बनाएर उनी र उनको कार्यविरुद्ध अफवाह फैलाइएका छन् । रेसालाई विदेशी दलाल, समस्या खडा गर्ने, कर छल्ने, षड्यन्त्रकारी तथा कुरूप भन्दै उनीविरुद्ध भ्रामक प्रचार भइरहेका छन्  ।

पत्रकारलाई उत्पीडित गर्नु फिलिपिन्सका शक्तिशाली राष्ट्रपति रोड्रिगो दुतर्तेको एउटा विशेषता नै हो । विगत दुई वर्षयता सिएनएनकी पूर्वसंवाददाता तथा अनलाइन न्युज साइट र्‍याप्लरकी संस्थापक मारिया रेसाको पछि यी बलिया राष्ट्रपति लागेका छन् । साइबर चरित्रहत्यालाई जोडेर आपराधिक मुद्दामार्फत रेसाको प्रतिष्ठा सिध्याउने तथा उनीबारे झुटा प्रचारबाजी भइरहेका छन् । सन् २०१२ मा र्‍याप्लर समाचार अनलाइनले एकजना व्यापारी र न्यायाधीशबीचको भ्रष्ट सम्बन्धमाथि लेखेको एक लेखलाई आधार बनाएर साइबर चरित्रहत्यासम्बन्धी अभियोगमा गत हप्ता रेसा एक दिन प्रहरी हिरासतमा बसिन् । 

 

रेसाको मुख थुन्ने सरकारको कदमबारे गत २१ जनवरीमा उनीसँग मैले स्काइपमा वार्तालाप गरेकी थिएँ । उनीमाथि लगाइएको अभियोग सामान्य नभए पनि सामान्य भएजसरी आफू एड्जस्ट हुनुपर्ने प्रतिक्रिया उनले दिइन् । यस घटनाले आफूलाई भयभीत नबनाएको, तर अरूलाई भयभीत तुल्याउन आफूमाथि अभियोग लगाइएको ठम्याइ रेसाको छ । राष्ट्रिय अनुसन्धान ब्युरोका अधिकारीहरूले उनीप्रति असल बन्ने प्रयासमा चौकीभित्र नराखेर एउटा सम्मेलन कक्षमा आफूलाई राखिएको उनले सुनाइन् । रेसा र र्‍याप्लरमाथि निरन्तर आक्रमण हुँदै आइरहेको अवस्थामा सम्भवतः सालीनता देखाउने सानो प्रयास अनुसन्धान ब्युरोबाट भएको छ । 

फिलिपिन्सका राष्ट्रपति दुतर्तेको त्रूर सत्ताविरुद्ध र्‍याप्लरले आवाज उठाउँदै आएको छ । दुतर्ते सत्ताले अवैधानिक रूपमा गरेका हत्या तथा मानवाधिकार उल्लंघनका अन्य घटनाबारे यस अनलाइन समाचार साइटले लेख प्रकाशित गर्दै आएको छ । सन् २०१७ को मध्यमा संसद्लाई सम्बोधन गर्ने क्रममा र्‍याप्लरमाथि अमेरिकी नागरिकको स्वामित्व रहेको भन्दै दुतर्तेले यस समाचार साइटको कडा आलोचना गरेका थिए । वास्तवमा, अमेरिकाका केही लगानीकर्ताले यसमा लगानी नगरेका होनन् । राष्ट्रपति दुतर्तेले यस समाचार साइटको लाइसेन्स नै खारेज गर्ने प्रयास गरे । पहिला रेसामाथि करछलीको अभियोग लगाइयो । त्यसपछि साइबर चरित्रहत्याको अभियोगमा उनलाई पक्राउ गरियो, जुन कार्यलाई फिलिपिन्समा आपराधिक गतिविधिको रूपमा लिइएको छ । यस्ता कानुनी अड्चनबाट उनी थकित भएजस्तो देखिए पनि वार्तालापका दौरान उनी भयरहित हुनुका साथै हँसीमजाक पनि गरिहेकी थिइन् । लामो समयसम्म शासन गरेका फिलिपिन्सका शासककी जुत्ताको सौखिन पत्नीभन्दा बढी रकम आफूले जमानतमा तिरेको भन्दै रेसाले ठट्टासमेत गरिन् ।

अनलाइन न्युज साइट ‘र्‍याप्लर’की संस्थापक रेसालाई फिलिपिनी सत्ताले करछली अभियोग लगायो र चरित्रहत्या अभियोगमा पक्राउ गर्‍यो

मैले उनलाई स्काइप कल गरेको समय मनिलामा बिहानीपख थियो । तर, उनी पत्रकारिता गरिरहेकी थिइनन् । र्‍याप्लर कार्यालयमा कार्यरत एक सय कर्मचारीका लागि थप सुरक्षा व्यवस्था मिलाउन तथा वकिललाई पैसा छुट्याउने कार्यमा रेसा लागिपरेकी थिइन् । कानुनी अड्चनसँग लड्न वकिललाई मात्रै कार्यालय सञ्चालनको एक चौथाइ रकम खर्च गरिसकेको उनले बताइन् । उनी र उनको र्‍याप्लरबारे सरकारनिकट स्रोतले सोसल मिडियामार्फत निरन्तर रूपमा भ्रामक सूचना फैलाएकोमा रेसाले विरोध गरिरहेकी छिन् । अधिकांश फिलिपिनीले समाचार तथा सूचना थाहा पाउने फेसबुकमा ट्रोल बनाएर उनी र उनको कार्यविरुद्ध अफवाह फैलाएका छन् । रेसालाई विदेशी दलाल, समस्या खडा गर्ने, कर छल्ने, षड्यन्त्रकारी तथा कुरूप भन्दै उनीविरुद्ध भ्रामक प्रचार भइरहेका छन् ।

गत हप्ता दुई मानिसले र्‍याप्लरको भवनमा प्रवेश गरेर फेसबुक लाइभ गरे । यस समाचार साइटविरुद्ध प्रदर्शन गर्न तथा सामाजिक मिडियाबाट आक्रमण गर्न भन्दै लाइभबाटै उनीहरूले अरूलाई उकासे । दुतर्ते सरकारले नै ती मानिसलाई यसो गर्न पठाएको आशंका रेसाको छ । उनीहरूले गरेको फेसबुक लाइभका कमेन्टमा रेसालाई फाँसी दिइयोस्, रेसालाई बम प्रहार गरियोस् तथा उनको टाउको काटौँ भन्नेजस्ता अति तुच्छ कमेन्टहरू देखिएका थिए । यति हुँदा पनि रेसालाई जोडेर भएको फेसबुक लाइभलाई उनलाई मन परेको भन्दै सरकारी अधिकारीहरूले प्रतिक्रिया दिए । तर, रेसाले सो भिडियोविरुद्ध फेसबुकसमक्ष रिपोर्ट गरिन् । दुतर्ते सत्ताका ट्रोल सेनाले कसरी फेसबुक प्लाटफर्मको दुरुपयोग गरिरेहका छन् भनी रेसाले फेसबुकलाई सम्पूर्ण प्रमाणहरू उपलब्ध गराइन् । त्यो भिडियो पोस्ट गर्ने व्यक्तिलाई फेसबुकले ३० दिनसम्म ब्लक गर्‍यो । फेसबुकको नियमबाट पनि रेसा सन्तुष्ट छैनन् । नियमहरू लागू गर्न फेसबुक हतारियो । तर, देशको कार्यकारीकै सहयोगमा फेसबुकमा यस्ता क्रियाकलाप हुँदा फेसबुकबाट अपेक्षा गरेजस्तो कदम नचालिएको उनी बताउँछिन् । उनीविरुद्धको पोस्टप्रति फेसबुकले ढिलो प्रतिक्रिया जनाएको गुनासो रेसाको छ ।

रेसाको न्युज पोर्टल र्‍याप्लरबारे सरकारनिकट स्रोतले सोसल मिडियामार्फत निरन्तर रूपमा भ्रामक सूचना फैलाएकोमा रेसाले विरोध गरिरहेकी छिन् । अधिकांश फिलिपिनीले समाचार तथा सूचना थाहा पाउने फेसबुकमा ट्रोल बनाएर उनी र उनको कार्यविरुद्ध अफवाह फैलाइएका छन् । रेसालाई विदेशी दलाल, समस्या खडा गर्ने, कर छल्ने, षड्यन्त्रकारी तथा कुरूप भन्दै उनीविरुद्ध भ्रामक प्रचार भइरहेका छन् ।

रेसाका अनुसार अहिलेको अवस्थामा समाचार प्रवाह गर्ने विश्वको सबैभन्दा ठूलो वितरक फेसबुकभन्दा पनि कस्ता सामग्रीलाई सार्वजनिक हुन दिने भन्नेबारे ‘गेटकिपर’ बन्नचाहिँ फेसबकुले अस्वीकार गरेको छ । झुटा तथा भ्रामक सामग्रीको प्रवाह रोक्न फेसबुकले कुनै कदम चाल्नुपर्ने पक्षमा उनी छिन् । अनलाइनको दुरुपयोग गर्नेलाई रोक्न आफूले पहिले नै कुनै कदम चाल्नुपर्ने महसुुस अहिले रेसाले गरेकी छिन् । लामो समयदेखि यस पक्षलाई बेवास्ता गर्दाको पाठ अहिले आफूले सिक्नुपरेको उनको स्वीकारोक्ति छ । 

फेसबुक, अन्य सोसल मिडिया तथा अन्य मिडियासँग निरन्तर रूपमा काम गर्ने भनाइ रेसाको छ । उनी भन्छिन्, ‘मेरो सोसल मिडिया फिडमा अहिले हेर्न नसकिने भएको छ किनभने मेरो प्रतिष्ठा गिराउने काम भइरहँदा स्वयंको बचाउ गर्ने नसक्ने स्थितिमा म पुगेको छु ।’ यसैगरी, ट्विटरमा उनीप्रतिका आक्रमण झनै खराब छन् । मैले रेसासँग कुरा गर्न गइरहेकी छु भनी ट्विटरमा पोस्ट गर्दा मेरो पनि खेदो गरियो । आफ्ना कर्मचारीको सुरक्षा र उनको अनलाइन समाचार साइटलाई निरन्तर सञ्चालन गर्ने चाहना रेसाको छ । यसका लागि उनीविरुद्ध फैलाइएको झुटो प्रचारबाजी नियन्त्रणमा आओस् भन्ने इच्छा छ । आफू कुनै झुटो कथा वा समाचार बन्न नचाहेको भनाइ रेसाको छ ।

...
कारा स्विसर प्रविधि समाचार वेबसाइट रिकोडकी सम्पादक हुन् भने रिकोड डिकोड पडकास्ट र कोड कन्फरेन्सकी निर्माता हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य