१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ १५ मंगलबार ०८:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन दिनदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउने काममा ढिलासुस्ती, हजारौँको बिचल्ली

Read Time : < 1 मिनेट
२०७८ भदौ १५ मंगलबार ०८:५१:००

अविरल वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोले शनिबार रातिदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध  छ । राजमार्गको स्याङ्जा–बुटवल सडकखण्डअन्तर्गत जोरधारा, सिद्धबाबा, सिसुवा, हिँउदेखोला, केराबारी, बर्तुङ, धैरेनी, सेरा, सीता पहाडलगायतका स्थानमा पहिरो खसेको छ ।  

तानसेन नगरपालिका– ८ डुम्रेमा गएको ठूलो पहिरो भने पन्छाउन कठिन भएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताएका छन् । पहिरो गएको स्थान तल घरहरू रहेको र पहिरो फाल्न स्थानीयले  नदिएका कारण पनि सडक सुचारु हुन ढिलाइ भएको खत्रीले बताए । ‘थप पहिरो नझर्ने र सोही ठाउँमा पहिरो पन्छाउन पाए मंगलबार दिउँसोसम्म सडक सुचारु हुन्छ,’ खत्रीले भने, ‘टिपरले माटो बोकेर पन्छाउनुपर्‍यो भने त पाँच दिन लाग्छ  ।’

दैनिक पाँच हजारभन्दा बढी सवारी आवतजावत गर्ने राजमार्ग अवरुद्ध भएको तीन दिन बितिसक्दा पनि खुलाउने काम नहुँदा हजारौँ नागरिकले सास्ती खेपेका छन् । आवश्यक सामग्रीकाे अभाव र सडक डिभिजन कार्यालयको ढिलासुस्तीले सडक सुचारु हुन ढिलाइ भएको यात्रुहरूले गुनासो छ ।

सडक बन्द भएको तीन दिन बित्दा पहिरो पन्छाउन एउटा लोडर र एक्स्काभेटर मात्रै प्रयोग गरिएको छ । सम्बन्धित निकायका अधिकारीहरूको न्यून उपस्थिति र कमजोर व्यवस्थापन छ । करिब एक सय ५० मिटर लामो तथा ५० मिटर उचाइबाट पहिरो खसेको छ ।

भौगोलिक अवस्था हेर्दा डाँडो नै खस्ने सम्भावना रहेको स्थानीयले बताएका छन् । यस्तै स्याङ्जाको गल्याङ नगरपालिकाको जिरोभन्दा केहीमाथि ठूलो पहिरो खसेको छ। गल्याङ–मिर्मी सडकखण्ड ठप्प छ। शव बोकेको गाडीसमेत गन्तव्यमा जान सकेको छैन