१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी काबुल
२०७८ भदौ १४ सोमबार १४:१०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काबुल विमानस्थललक्षित रकेट आक्रमण

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
२०७८ भदौ १४ सोमबार १४:१०:००

अफगानिस्तानमा काबुल विमानस्थललाई लक्षित गर्दै रकेट प्रहार भएको छ। काबुल विमानस्थलतर्फ लक्षित गर्दै करिब पाँचवटा रकेट प्रहार भएको र त्यसलाई अमेरिकी सेनाको एन्टी मिसाइल डिफेन्स सिस्टमले नष्ट गरिदिएको बिबिसीले जनाएको छ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताका लागि तोकिएको समयसीमा समाप्त हुनुभन्दा एक दिनअगाडि सो रकेट हमला भएको हो। अमेरिकाले आक्रमण भएको पुष्टि गर्दै सो आक्रमणबाट कुनै क्षति नभएको बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि घटनाबारे जानकारी गराइसकिएको ह्वाइटहाउसले जनाएको छ। एक अमेरिकी अधिकारीले बताएअनुसार विमानस्थललाई लक्षित गर्दै हानिएका केही रकेटलाई मिसाइल डिफेन्स सिस्टमले रोकेको छ।

अमेरिकाले विमानस्थलमा थप आक्रमणबाट हुन नदिन एन्टी रकेट र मोर्टार प्रणाली जडान गरेको छ। एउटा कारबाट भएको सो हमलाको जिम्मेवारी कुनै पनि समूहले लिइसकेको छैन।