मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १४ सोमबार १३:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भदौ २० गतेदेखि लाइसेन्स परीक्षा सुरु हुने, आफ्नै सवारीसाधन प्रयोग गर्न पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १४ सोमबार १३:४०:००

भदौ २० गतेदेखि उपत्यकाका यातायात कार्यालयहरूले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएका छन् । उपत्यका यातायात कार्यायल एकान्तकुना र सुकेधाराले २० गतेदेखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागेका हुन्।

अन्य यातायात कार्यालयहरूले पनि तयारी गरिसकेको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । उनका अनुसार हाल प्रदेश सरकारअन्तर्गत यातायात कार्यालयहरू सञ्चालन भइरहेका छन्। प्रदेश सरकारको अनुरोधपछि यातायात कार्यालयहरूले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा सुरु गर्ने भएका हुन्।

विभागले स्वास्थ्य मापदण्ड अपनाएर परीक्षाहरू सञ्चालन गर्न निर्देशन दिएको छ। हाल देशभर २१ यातायात कार्यालय छन्। सबै कार्यालयले १० दिनभित्र ट्रायल र लिखित परीक्षा सञ्चालन गर्नेछन्। कोरोना संक्रमण बढेपछि गत वैशाख १६ गतेबाट देशभरका यातायात कार्यालयले लाइसेन्स परीक्षा बन्द गरेका थिए।

आफ्नै सवारीसाधनले ट्रायल दिन पाइने
यसपटकका लागि आफ्नै सवारीसाधन प्रयोग गरेर पनि ट्रायल दिन पाइनेछ। कोरोना संक्रमणलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिन पाउने नियम ल्याएको हो। चारपांग्रे, मोटरसाइकल तथा स्कुटरको हकमा दर्ता, नवीकरण र ब्लुक चाहिनेछ।  कम्तीमा ९५ सिसीको इन्जिन भएको स्कुटर र मोटरसाइकलले मात्रै ट्रायल दिन पाइनेछ। तर, मोडिफाई गरेको सवारीसाधन लैजान पाइनेछैन। कार र जिपको हकमा कम्तीमा ७५० सिसी इन्जिनको सवारीले मात्रै ट्रायल दिन पाइनेछ।