मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १४ सोमबार ०७:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरा लेकसाइडमा हिमालयन बैंकको काउन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १४ सोमबार ०७:१३:००

हिमालयन बैंक लिमिटेडले पोखराको गौरीघाट, लेकसाइडमा विस्तारित काउन्टर सुविधा सुरु गरेको छ । बैंकले ग्राहकलाई सक्दो बढी सुविधा प्रदान गर्ने उद्देश्यले काउन्टर सञ्चालनमा ल्याएको हो । 

उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरूमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ । उक्त काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकका विभिन्न बैंकिङ कारोबारहरू गर्न सहजीकरण गर्ने जनाइएको छ । 

हाल बैंकले ७१ शाखा, ५ विस्तारित काउन्टर, १ सय ४६ एटिएम तथा ५ हजारभन्दा बढी पिओएस टर्मिनलबाट सेवा दिइरहेको जनाएको छ ।