१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपक बोहरा दाङ
२०७८ भदौ १३ आइतबार १७:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिकित्सकलाई कालोमोसो दल्नेलाई पक्राउ नगरेको भन्दै दाङका स्वास्थ्यकर्मी आन्दोलित

Read Time : < 1 मिनेट
दीपक बोहरा दाङ
२०७८ भदौ १३ आइतबार १७:०३:००

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्नेहरुलाई पक्राउ नगरेको भन्दै दाङका सबै स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका  छन्। शुक्रबार दिउँसो पौने २ बजेतिर भएको घटनाका दोषीलाई आइतबारसम्म पनि पक्राउ नगरेको भन्दै जिल्लाका सबै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका हुन्।

स्वास्थ्यसँग सम्बन्धित २० संघसंस्थले संयुक्त  विज्ञप्ति जारी गर्दै दोषीलाई कानुन बमोजिम कारवाही नगर्दासम्म अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका छन्। साथै, तुलसीपुरका स्वास्थ्यकर्मीहरुले आइतबार विरोध र्‍याली समेत निकालेका छन्।  उनीहरुले शुक्रबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा धर्ना दिएका  थिए।

शुक्रबार दिउँसो  पौने २  बजेतिर एमालेनिकट अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्री,  गणेश खड्कासहित ४/५ युवाहरुले डा. सिंहमाथि  दुव्र्यवहार गरेका थिए। अस्पतालमा कल्चर सेवा नभएको विषयमा भएको विवादमा परियारसहितको टोलीले  सिंहलाई  कालोमोसो दलेका  थिए।घटनापछि परियार र क्षेत्रीलाई नेकपा एमाले  दाङले  साधारण सदस्यसमेत  नरहने  गरी कारबाही  गरेको छ।

त्यसअघि बिहीबार सर्जनसहितको टोलीले अस्पतालका लेखापालमाथि समेत हातपात गरेका थिए। हातपात गरेको विषयमा पनि प्रहरीमा उजुरी परेको छ।