मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ११ शुक्रबार १४:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक साताभित्र ‘लाइसेन्स’ परीक्षा सञ्चालन गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ११ शुक्रबार १४:२७:००

कोभिड– १९ का कारण वैशाखदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गरिने भएको छ। यातायात व्यवस्था विभागले यातायात कार्यालयहरूलाई कोभिड स्वास्थ्य सुरक्षा मापदण्डसहित एक साताभित्र चालक अनुमतिपत्र परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

विभागले बिहान र दिउँसो दुई सिफ्टमा विभाजन गरी परीक्षा सञ्चालन गर्न आग्रह गरेको छ। एक सिफ्टमा ५० जना मात्रै परीक्षार्थी राख्न पाइनेछ। यसरी परीक्षा गराउँदा देशभरका यातायात कार्यालयबाट दैनिक चार हजारभन्दा बढीलाई परीक्षामा सामेल गराउन सकिनेछ। विभागका सूचना अधिकारी लोकनाथ भुसालले लामो समय परीक्षा रोक्दा आवेदन भर्नेको संख्या लाखौँ पुगिसकेको बताए। उनले केही समय नयाँ आवेदन फारम रोकेर भए पनि फारम भरिसकेकाहरूको लिखित र प्रयोगात्मक परीक्षा लिन आवश्यक देखिएको जानकारी दिए।

एक साताभित्र कार्यालय खोलिसक्न सबै यातायात कार्यालयलाई आग्रह गरिएको भुसालले बताए। उनका अनुसार हाल ६ लाख आवेदनकर्ता परीक्षाको पखाईमा छन्। लिखित परीक्षा दिएर ट्रायलको पर्खाइमा दुई हजारभन्दा बढी रहेका छन्। कोरोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि लाइसेन्स परीक्षा र ट्रायल बन्द गरिएको थियो।