१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ११ शुक्रबार १२:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दल विभाजन अध्यादेशसम्बन्धी रिट संवैधानिक इजलासमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ११ शुक्रबार १२:१७:००

दल विभाजन अध्यादेशसम्बन्धी रिट संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलास गठन गरिएको छ । इजलासमा वरिष्ठताका आधारमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा समावेश भएका छन् ।

सर्वोच्च अदालतले भदौ ३ गते दर्ता भएका ६ रिटको पेसी शुक्रबारका लागि तोकेको हो । अध्यादेश संविधानविपरीत रहेकाले खारेज गर्न अन्तरिम आदेश माग गर्दै अधिवक्ता प्रवेश केसीलगायतले सर्वोच्चमा रिट हालेका थिए।